ब्रेकिङ न्युज:

देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने

जागरणपोस्ट ८ माघ २०७७, बिहीबार १४:५६

देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भू–भागमा हाल बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम प्रभावित भएको हो ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ ।

यस्तै आज राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैबिच देशको उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू–भागमा बादलका कारण राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ ।

तराईका केही भू–भागमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४