ब्रेकिङ न्युज:

पछिल्लो २४ घण्टामा ३३६ संक्रमित थपिए, ४ जनाको मृत्यु

जागरणपोस्ट ८ माघ २०७७, बिहीबार १६:२५

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा ३३६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७९९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७५६ पुगेको छ ।

बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७९पुगेको मन्त्रालयले जनाएको छ। हाल १७२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २२६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १८४जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५० जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २ जना आइसियु रहेका छन् । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।
प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ५० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ६९ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४