ब्रेकिङ न्युज:

भारतमा कोरोनाको खोप बनाउने सिरम इन्स्टिच्युटमा आगलागी

जागरणपोस्ट ८ माघ २०७७, बिहीबार १७:२६

भारतको पुनामा रहेको सिरम इन्स्टिच्युटमा बिहीवार अपराह्न ठूलो आगलागी भएको छ ।

इन्स्टिच्युटको टर्मिनल १ गेट नजिकको भवनमा आगो लागेको समाचार संस्था एएनआईले खबर दिएको छ ।अग्निनियन्त्रकहरू आगो निभाउन सक्रिय छन् ।

राहत तथा उद्धारका कामहरू भइरहेका छन् ।यस इन्स्टिच्युटले कोरोनाभाइरसविरुद्धको कोभीशील्ड नामक खोप तयार पारिरहेको छ । खोपलाई अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि कम्पनीले विकसित गरेका हुन् ।

एस्ट्राजेनेका संसारको सबभन्दा ठूलो खोप निर्माता कम्पनी हो । साइरस पूनावालाले सन् १९६६ मा यसको स्थापना गरेका थिए ।आगलागीका कारण सिरमको एक प्रोडक्सन प्लान्ट डढेको बताइएको छ । त्यो प्लान्ट कोभीशील्डको उत्पादन इकाइ नजिक रहेको छ ।सिरममा आगो लागेको खबर सार्वजनिक भएपछि शेयर बजारमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४