युवाहरूमा हराएको राजनैतिक जागरण

Bijay Gyawali १२ असार २०७६, बिहीबार ०६:५१

सन्दिप थापा,
पाल्पा, असार- १२ :

फेसबुक ग्रुपमा मिम सेयर , लाइक कमेन्ट र अन्य गफमा मस्त हुदै जीवनको अनमोल समयलाइ खेर फालिरहेको म घोरिएर सोँचिरहेछू कि यो उन्नाइस वर्षिय जोशिलो उमेरको यो महत्वपुर्ण समय के यसै गरी खेर फाल्नु ठिक होला? विवेकशुन्य चेतनाको अनुत्तरित प्रश्नले मथिङ्गल एकतमासले बटारिईरहेछ, । लाग्छ, म गलत गरिरहेछू।
युवा, एउटा उमेरसमुह जसमा अभुतपुर्व जोश भरिएको हुन्छ, असिमित अथकित जाँगरको संचय भएको न्छ, म पनि त त्यहि उमेरको ब्यक्ती हुँ । लाग्छ, राज्य सञ्चालनमा मेरो पनि चासो रहनुपर्छ । राजनैतिक क्रियाकलापहरूमा मेरो मथिङ्गलको ध्यान जानु जरूरी छ, ताकी समकालिन घटनाहरूप्रति आफ्नो स्वतन्त्र दृष्टिकोणको बिकास गर्न सकुँ ।
बेगवान वायुको दिशा परिवर्तन गर्न सक्ने, पहाडी चट्टानका कडा पत्थरहरूसमेत सहजै फोड्न सक्छू भनेर हिम्मत जुटाउन सक्ने युवाहरूको चिन्तन् राष्ट्र सञ्चालनको मुल नेतृत्वमा जान सकेको छैन । विवेकशील चेतनाले राजनैतिक अकर्मण्ड्यताको स्विँको पाएको छैन युवाहरूमाझ, आजको युवाशक्ती विशेषत १४ वर्षउमेरदेखी ३० वर्षसम्मको जोशिलो उमेरका ब्यक्तित्वहरूले राजनैतिक गतिविधीमा त्यति चासो नदिएको देखेर के तपाइँलाई दुख लाग्दैन र?
युवाहरूमा राजनितीप्रति हाल तिब्र बितृष्णा उब्जिएको कटुसत्य तपाइँहामीमाझ छर्लङ्गै छ । उनिहरूमा यसप्रति कुनै चासो छैन र राजनैतिक आदर्श र बिचारहरू बुझ्ने फुर्सद् पनि छैन । तर उनिहरू फुर्सदिला छन् अनलाइन गेम र सामाजिक सञ्जालमा घण्टौसम्म बिनाअर्थ समय खेर फ्याक्नमा। देशको फोहोरी राजनिती नै यसप्रती जिम्मेदार छैन र?
युवाहरूमा छाप परेको छ कि राजनिती एक फोहोरी र घृणीत् खेल हो । राजनिती मान्छेको कमाइ खाने भाँडो हो । अव जरूरी छ युवाहरूमा यो सन्देश फैलाउन कि राजनिती कदापी खेल होईन, यो शासन प्रणाली हो। राष्ट्र सञ्चालनको प्राण हो । सामाजिक आर्थिक शैक्षिक निती तर्जुमा गर्ने माध्यम हो । संसदिय प्रणाली सांसदहरूको जागीर मात्र होईन, कानुनी तथा नितीगत् ब्यवस्थापन गर्ने महत्वपुर्ण अङ्ग हो।
विशेषतः चौँध वर्षको अल्लारे उमेरदेखी नै उनीहरूमा राजनैतिक चेतनालाई अङ्कुराउने वातावरण प्रदान गरियो भने उनीहरू राजनैतिक रुपमा सचेत हुन थाल्छन् । विचार र सिद्दान्तप्रति चासो राख्न थाल्छन् र आफुलाइ मन परेको सिद्दान्तको अवलंवन गर्ने अभिप्रेरणा प्राप्त गर्न थाल्छन् । हाल युवाहरूमा स्पस्ट राजनैतिक चेतना नभएकै हो । केही राजनितीमा सक्रिय रुपले अगाडी बड्न खोज्ने युवाहरू मुलत आफ्नो स्वतन्त्र विचारले राजनैतिक दलको विचार समर्थन् गर्न सकिरहेका छैनन् । मेरा बुबा यो पार्टीको हो त्यसैले म पनि यही पार्टीमा आवद्द हुनुपर्छ भन्ने सोँच हाबी छ । चुनाव आउँदा नेताहरूले आफ्नो उमेद्वारीको प्रचारप्रसारका निम्ती युवाहरूलाइ चिउरा मासू र रक्सी हसुराएर आफुप्रती आकर्षित गर्छन् । युवाहरू पनि त्यसैको लोभले उनीहरूप्रती आकर्षित हुन्छन् र राजनिती प्रती वितृष्णा स्वतः उब्जउछन् मानस्पटलमा कि राजनिती धनीमानीहरूले आफ्नो स्वार्थ परिसिद्द गर्न अपनाउने गलत बाटो हो। उनीहरूलाई लाग्न थाल्छ कि यो पनि एउटा कुलतको चरित्र हो। उनीहरूले आफ्नो विचारधारा सोहीअनुरुप निर्धारण गरेका हुन्छन् ।
राजनितीमा सक्रिय रहन खोज्ने केही युवाहरू चाहे तिनीहरू नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरू हुन् वा नेपाली काङ्ग्रेसका, उनीहरूलाई आफु आवद्द राजनैतिक दलले बोकेको विचारमा कुनै मतलब छैन । केबल मतलब छ पार्टीको नाम र सानमा मात्र । नेकपाका आधा युवाकार्यकर्ताहरूलाई मार्क्सबादी सिद्दान्तको ज्ञान त के, कार्ल मार्क्स, भ्लाद्मिर लेनिन् माओ त्सेतुङ् पुष्पलाल निरञ्जनगोबिन्द वा मदन कोहुन् जानकारीसम्म छैन, साम्यबाद वा समाजबादको सिद्दान्तको मुलभुत सारको कुरा त परै जाओस् । नेपाली काङ्ग्रेसको अगुवा कार्यकर्ता भन्न रुचाउने युवाहरूसमेत बिपीको प्रजातान्त्रिक समाजबादको सिद्दान्तबाट अनबिज्ञ छन् । गणेशमान, गान्धी, कृष्णप्रसाद को हुन्, तिनीहरूको चारित्र कस्तो थियो पार्टीको दृष्टीकोण के छ त्यो पनि उनीहरूको मस्तिष्कबाहिरको कुरा । उनीहरू लडाभाती गरिरहेछन् पार्टीको निम्ती तर मुर्ख बनेर, राजनैतिक दर्शन, पार्टीगत् धारणा र आफ्नो स्वतन्त्र धारणाको प्रयोग बिना नै ।
हामीहरू जन्मसिद्द जैविक उत्तराधिकारको रुपमा प्राप्त राजनैतिक सदस्यताभन्दा माथी उठेर सोच्नुपर्छ । युवाहरूलाई विश्लेषण गर्ने बानीको बिकास गराउनुपर्छ । यसका लागी उनीहरूमा स्वतन्त्रतापुर्वक राजनैतिक विचारप्रती धारणा राख्ने बानीको बिकास गराउनुपर्छ । फेसबुकमा मिममा रियाक्ट गर्ने समय, समाचार पढ्ने समयको रुपमा बिकसित गराउनुपर्छ । यसका निम्ती अग्रजहरूको भुमिका महत्वपुर्ण रहन्छ । अनावश्यक रुपले सामाजिक सञ्जाल चालउनुको सट्टा राजनैतिक विचारबिमर्शमा सहभागी गराउनुपर्छ । राजनैतिक सिद्दान्तका बारेमा जानकारि गराउनुपर्छ। विभिन्न ब्यक्तिहरूद्वारा प्रतिपादित दर्शन अध्ययन् गर्न उत्साह र उत्प्रेरणा प्रदान गर्नुपर्छ । पठन संस्कृतीको बिकास गराउनुपर्छ ताकि उनीहरूलाई स्पस्टतापुर्वक जानकारी रहोस् कि कम्युनिस्ट विचारधारा के हो? श्रमजीवी बर्गमा यस सिद्दान्तको कस्तो प्रभाव छ, पुँजीबाद के हो? समाजबादी चरित्र र पुँजीबादी चरित्रमा के भिन्नता छ? यसका आधारमा उनीहरूले आफ्नो मस्तिष्कलाइ चलायमान गराएर बुबाआमाको आवद्दताका आधारमा नभै स्वबिबेकले राजनैतिक दलको समर्थन र बिरोध गर्न सकुन् ।
अधिकांस युवाहरू संसदिय प्रणाली र संसदिय अभ्यासबाट अनबिज्ञ छन् । संसद केहो? कसरि सञ्चालन हुन्छ? सत्ता समिकरणको निर्माण कसरी हुन्छ? सत्तारुड र प्रतिपक्षी दलको भुमिका के हो? मन्त्रीपरिषद, राष्ट्रपती सभामुख आदीको गठन प्रक्रिया के हो जानकारी छैन। युवाहरूलाई स्वजिज्ञासू भएर यसप्रती ज्ञान हासील गराउन जागरुक बनाउन विद्यालयदेखी तटस्थ रुपमा उनीहरूमा यो चेतननना प्रवाह गर्नु जरुरी छ ।
सामाजिक अध्ययन विषयमा यी कुराहरूको आधारभुत ज्ञान दिइने जमर्को गरिएता पनि विद्यार्थीहरूमा यसको प्रभावकारी छाप पर्न सकेको छैन। समाचार हेर्ने र सुन्ने बानीको बिकास युवाहरूमा फिटिक्कै छैन भन्दा अतियुक्ती हुदैन । अभिभावकहरूले उनीहरूलाई अन्य सिरियल हेर्न दिनुको सट्टा आफूसंगै बसालेर समाचार हेर्ने बानीको बिकास गराउनु जरुरी छ । दिनमा मात्र आदी घण्टा समाचार हेर्ने वा सुन्ने बानीको बिकासले पनि युवाहरूमा राजनिती प्रतीको धारणामा ब्यापक परिवर्तन ल्याउन सकिन्छ । राजनैतिक जागरण उर्लाउन सकिन्छ ।
भविष्यमा राजनितीको बागडोर सम्हाल्ने हालका बालापनको चञ्चलतामा रमाइरहेकाहरुले नै हो ।देशको मेरुदण्डलाई अझ बलियो बनाउने जिम्मा यिनी युवाहरूले नै हो। युवा जोशिलो उमेर हो। तर्कशिल समय हो । जिज्ञासु र दोधारपुर्ण उमेर हो। युवाहरूलाई कुलतमा फस्न बाट जोगाउन, जिम्मेदारीताको महसुस गराउन, देश प्रती बफादार गराउनका लागी पनि उनीहरूमा राजनैतीक चेतनाको बिकास गराउनु जरुरी छ । उनीहरूमा ब्यस्त रहने बानीको बिकास गराउदै मस्तिष्कलाइ नकारात्मक कुराहरू सोच्ने अवस्थामा पुग्न नदिने अचुक उपाय पनि यही हो । यसले युवाहरूमा समकालिन राष्ट्रिय स्थानिय र अन्तराष्ट्रिय परिवेशको जानकारी दिन्छ । सुधार गर्नुपर्ने पक्षेहरूबारे सचेत बनाउछ। युवा शक्तीमा आँट सहास र जाँगर पैदा गर्छ । नेतृत्वदायी तहमा रही कार्यसम्पादन गर्न तथा देशमा बिकसित परिघटनाहरूको सहि मुल्याङ्कन् गर्न सघाउँछ यसैले युवाहरूमा राजनैतिक अभ्यासलाई नमुनाको रुपमा सञ्चालन गरेरै भएपनि राजनैतिक आस्था जगाउने कार्य सञ्चालन् गर्नु जरूरी छ ।। होईन र?

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८