ब्रेकिङ न्युज:

रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण

जागरणपोस्ट ९ माघ २०७७, शुक्रबार २२:१२

बुटवल : बुटवलमा स्थापित रोट्र्याक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा देवदह नगरपालिका वडा नं। १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब तथा असहाय विद्यार्थी भाईबहिनीहरुका लागि ट्र्याक सुट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका कार्यभाग अध्यक्ष मुक्तिराम भण्डारीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्षद्वयले आफूभन्दा कम भाग्यमानी विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू लगायत आफ्नो क्लब अत्यन्तै खुसी भएको कुरा व्यक्त गरे । विगतका दिनहरुमा पनि उक्त स्कुलमा अध्यक्षद्वय बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारी लगायतको टिमले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति सिता माध्यमिक विद्यालयका प्राचार्य महेश थैव , विशिष्ट अथितिमा क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी लगायत अतिथिहरु रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि थैवले रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई आभार ब्यक्त गर्दै क्लबको उत्तउत्तोर प्रगतीको शुभकामना समेत ब्यक्त गरेका थिए । कार्यक्रमका बिशिस्ट अतिथी भण्डारीले शैक्षिक उन्ययन गर्न पाउँदा हर्सबिभोर रहेको बताउदै रोटरी र रोट्र्याक्टले मानवसेवा गरिराख्ने बताए ।

रोट्र्याक्ट क्लब लुम्बिनी स्टार्सका निर्वाचित अध्यक्ष मुक्ति भण्डारीको स्वागत मन्तव्य तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका निर्वाचित अध्यक्ष सुमन बस्यालले धन्यवाद ज्ञापन गरे । यसै गरी कार्यक्रम संचालक रोटरी क्लब अफ लुम्बिनी स्टार्सका निर्वाचित सचिव प्रकाश खरेलको संचालकमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४