काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौंको विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कमा विरोधसभा आयोजना गरिएको हो ।
विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गरेका छन् ।
उनीहरूले प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको भन्दै पुनस्र्थापनाको विकल्प नरहेको बताएका हुन् ।
