एजेन्सी : भारतको सेरम इन्स्टिच्युटले गत बिहीबार भएको आगलागीमा कोरोना खोप सुरक्षित रहेको जनाएको छ ।
इन्स्टिच्युटका प्रमुख कार्यकारी (सिइओ) अदार पुनावालाले आगलागीका कारण कम्पनीको १ हजार करोडभन्दा बढीको क्षति भएको बताए । उनले कोभिड भ्याक्सिनको आपूर्तिमा कुनै असर नपरेको पनि जानकारी दिए । यद्यपि बिसिजीको इजेक्सन आपूर्ति भने प्रभावित हुन सक्ने उनको भनाई छ ।
आगलागीबाट ५ जनाको मृत्यु भएको थियो । कम्पनीले मृतकका परिवारलाई २५ लाख रुपैयाँ सहयोग दिने घोषणा पनि गरेको छ ।