रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले रूपन्देहीमा ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ । नेकपा आली समूहको रूपन्देही जिल्ला कमिटीको चांैथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी गठन गर्दै माघभित्र जिल्ला, क्षेत्र, पालिका र वडास्तरमै संगठन गठन र पुनर्गठन तथा विस्तार गर्ने निर्णय गरेको हो ।
बुटवलस्थित पुष्पलाल स्मृति भवनमा आइतबार बसेको बैठकले फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभा गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले निर्वाचन आयोगले माघ १५ गते प्रकाशन गर्ने मतदाता नामावली हेरी १६, १७ र १८ मा नाम सच्याउन सम्पूर्ण पार्टी कमिटीलाई ध्यान पु¥याउन आग्रह गरेको छ ।