रुपन्देही : तिलोत्तमा सृजनशिल समाजले प्रथम खुल्ला ‘बि’ लेभलको ब्याडमिन्टन प्रतियोगिता २०७७ आयोजना गर्ने भएको छ ।
नवजीवन क्लबको कवर्ड हल नयाँमिलमा यहीँ माघ २७ र २८ गते दुईदिन प्रतियोगिता संचालन हुने अध्यक्ष सन्तोष के.सीले बताए । प्रतियोगिता मेन्स डबल र भेट्रान्स गरि दुई विधामा हुनेछ ।
प्रतियोगितामा प्रवेश शुक्ल रु.२५०० कायम गरिएको छ । त्यस्तै प्रतियोगितामा मेन्स डबल तर्फ प्रथम पुरस्कार रु. ५५,०००, द्वितीय पुरस्कार रु. २५,००० र तृतीय पुरस्कार रु. १५,००० साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने भेट्रान्स तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश २०,०००, १०,०००, ५,००० शिल्ड मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुमन रानाले जानकारी दिए ।
साथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, अनुशासित खेलाडीलाई समेत नगद र प्रमाण पत्रले सम्मान गरिने रानाले जानकारी दिए ।