ब्रेकिङ न्युज:

इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि इजरायलसँग सहयोगका लागि आग्रह

जागरणपोस्ट १२ माघ २०७७, सोमबार १५:११

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर-गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि इजरायलसँग सहयोगका लागि आग्रह गरेका छन् ।

उनले भने, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्दछु ।” लामो समयदेखि दुई देशबीच कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको जनाउँदै मन्त्री आलेले आगामी दिनमा वन विकासका क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए ।

मन्त्री आलेले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको बताउँदै आगामी दिनमा पनि त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा इजरायली राजदूत गोल्डबर्गरले वनसहित अन्य क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल आतुर रहेको बताए । राजदूत गोल्डबर्गरले भने, “हामीले नेपालका कृषि, पर्यटनलगायत थुप्रै क्षेत्रको विकासमा सहयोग गर्दै आएका छौँ, अब वन विकासका क्षेत्रमा पनि सहयोग अगाडि बढाउँछौँ । सो अवसरमा वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४