काठमाण्डौ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालकाअनुसार नियमिततर्फ परीक्षामा ११ हजार १६९ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् ।
यस्तै, ११ हजार २२१ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याएका छन् । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।