काठमाडौं : नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डको मांसहारी आन्दोलनको अभिव्यक्तिलाई लक्षित गर्दै उनीहरुमाथि कानुनी कारबाही गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो बताएका हुन् । मासंहारी आन्दोलनलाई संविधानले अपराध मानेको भन्दै गृहमन्त्री थापाले भने, “त्यस्तो चेतावनी दिनेहरुलाई जावलाखेलको जु-चिडियाखाना मा लगेर राख्छौं ।”
प्रचण्ड-नेपाल पक्षलाई इंगित गर्दै मांशाहारी आन्दोलन गर्ने भन्दै हिडेको आरोप लगाए । नेता थापाले मंशाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जू मा लगेर थुनिदिने चेतावनी दिए ।
अहिले आफुहरुले गरेको आन्दोलनले पार्टीको नेतृत्वलाई बचाउने बताउदै नेता थापाले यस सभाले गणतन्त्रको रक्षा गर्न आफुहरु प्रतिबद्ध रहेको प्रमाणित भएको बताएका छन् ।
प्रचण्ड नेपाल पक्षलाई फुटवादी र गुटवादीको संज्ञा दिदै मांशहारी आन्दोलन गर्ने डर नदेखाउन थापाले चेतवानी दिएका छन् ।