सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले नै पाउने छ : ईश्वर पोखरेल

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १४:३९

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर-नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

आज नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने, ‘देशव्यापी रुपमा आमहड्ताल गरियो, म नेपाल बन्द गराउने जनविरोधी कामको विरोध गर्दछु ।’ गरिखाने मजदूर तथा श्रमिक वर्गले बन्दका कारण व्यहोरेको क्षतिप्रति दुःख प्रकट गर्दै उनले उनीहरुलाई सरकारले उचित क्षतिपूर्ति दिने बताएका हुन् ।

उनले भने जस्तोसुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प अनुसार मुलुकमा राजनीतिक स्थिरताको कुरालाई निरन्तरता दिइरहने छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिको जुन सपना देख्नुभएको छ, जुन अभियान चलाउनु भएको छ, त्यसलाई हामी निरन्तरता दिनेछौं । संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौँ ।’

उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे । ‘हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ,’ उनले भने ।

नेकपाको आधिकारिकता कुन पार्टीले पाउँछ भन्ने कुरा उठिरहेको चर्चा गर्दै उनले केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता कसैले तोड्न नसक्ने दावीसमेत गरे ।

‘सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने छ,’ उनले भने, ‘हामी सूर्य चिन्ह लिएर जनतामा ताजा जनानेशका लागि जानेछौं ।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८