प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र

जागरणपोस्ट २५ माघ २०७७, आईतवार १६:५७

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र लेखेको छ ।

आइतबार अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिए पछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले हनुमानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको थियो ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भिर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रर्दशन गरिने सहसंयोजक तामाङ्गले बताए ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६