ब्रेकिङ न्युज:

पछिल्लाे २४ घण्टामा देशभर १६० जना काेराेना संक्रमित थपिए‌

जागरणपोस्ट २७ माघ २०७७, मंगलवार १६:०३

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ।

गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ। हाल ८७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ जना आइसियुमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ३० आइसियु र १३ भेन्टिलेटरमा, गण्डकीमा २ जना संक्रमित आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २७ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियु रहेका छन्। सूदुरपश्चिम प्रदेशमा १ जना आइसियु रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४