‘गाउँमा कफी खेती, शहरमा क्याफे’ –सिद्धार्थ समूह

Bijay Gyawali १४ असार २०७६, शनिबार ११:२५

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो ‘एस–क्याफे’ को हरेक ‘आउटलेट’ बाट स्वदेशमा उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद पस्किने भएको छ । त्यसका लागि उक्त समूहले गुल्मी लगायतका पहाडी जिल्लामा अर्गानिक कफी खेती सुरु गरेको छ । ‘गाउँमा कफीको खेती र शहरमा क्याफे’ क्याफे खोल्दाको हाम्रो भिजन यही थियो,’ सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटाका सिइओ कृष्ण न्यौपानेले भने, ‘गाउँका बाँझो जमिनमा त्यहाँका कृषकलाई कफी उत्पादनका लागि प्रोत्साहन गर्ने र त्यसरी उत्पादन भएका कफीको बजारीकरणमा समस्या नहोस् भन्नका लागि क्याफे चलाउने कुरा अत्यावश्यक थियो ।’
सिद्धार्थ ग्रुपले गुल्मीमा आफैले उत्पादन गरेको कफीको स्वाद चखाउन ‘एस–क्याफे’ का ‘आउटलेट’ देशका प्रमुख शहरमा बिस्तार गरिरहेको छ । ‘हस्पिटालिटी फ्रम द हार्ट’ भन्ने भावनालाई आत्मसाथ गर्दै आएको उक्त ग्रुपले दुई दशकको अबधिमा हाल देशका प्रमुख शहरमा तारे होटल, रेष्टुरेन्ट, रिसोर्ट, हस्पिटालिटी इन्स्टिच्युट, टे««ड बिजनेश बिस्तार गरेको छ । सिद्धार्थ ग्रुपको धेरै सफल बिधा मध्ये ‘एस–क्याफे’ पनि एक हो, । जसका पाँच ‘आउटलेट’ बिस्तार भइसकेका छन् । राजधानी काठमाडौंको तीनकुने, जमल, न्यूरोड, बाँकेको नेपालगन्ज र कोहलपुरमा एक–एक वटा आउटलेट विस्तार भइसकेका छन् । देशका अन्य प्रमुख शहरमा पनि छिट्टै विस्तार गर्ने योजना भएको न्यौपानेले बताए । आर्कषक ‘इन्टीरियर डिजाईन’ सहित संचालनमा रहेका एस–क्याफेभित्र शान्त र मनोरम वातावरणमा स्वदेशमै उत्पादन भएको ‘फ्रेस अर्गानिक कफी’ को स्वाद लिने ब्यवस्था मिलाइएको छ । ‘कफी कल्चरमा रुची नराख्नेका लागि पनि जाउँ–जाउँ लाग्ने वातावरण बनाएका छौँ,’ सिइओ न्यौपानले भने ।
कृष्ण न्यौपाने, सिईओ, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ।

एस–क्याफेमा अहिले पनि गुल्मीको अर्गानिक कफी प्रयोग भइरहेको छ । नेपालमा सबैभन्दा पहिले कफी उत्पादन शुरु गरिएको जिल्लाका रुपमा परिचित गुल्मीमा उत्पादन भएको कफी देश–बिदेशमा परिचित छ । सिद्धार्थ बिजनेश ग्रुपका संचालक पनि गुल्मी निवासी भएकोले यसलाई प्राथमिकता दिए न्यौपानेले बताए । ‘हामीले गुल्मीको कफीको प्रचार प्रसार गर्ने उद्देश्य मात्र बनाएका छैनौँ बाँझो जमिनको सदुपयोग गरि यूवालाई रोजगार र सेवाग्राहीलाई अर्गानिक गुणस्तरिय कफीको स्वाद पनि दिने योजना बनाएका छौँ,’ सिद्धार्थ ग्रुपका सिइओ न्यौपानले भने । ग्रुपमा आवद्ध नयाँ पुस्ताले आफ्नो बारीमा भएका कफीको बोटबाट परिचित भएकोले उनीहरु कफी खेतितर्फ आकर्षित भएका हुन् । सानैदेखि कफीको बोटमा हुर्किएकोले कफीको बोट नौंलो नभएको न्यौपानले बताए ।

‘देशका प्रमुख शहरका होटल, रेष्टुरेण्ट र क्याफे मार्फत गुल्मीको अर्गानिक कफीको स्वाद चखाउने सिद्धार्थ ग्रुपका संचालकको चाहना थियो, त्यो २०७३ मा एस–क्याफे संचालनसँगै साकार भयो,’ न्यौपानले भने, ‘२०७३ तिर राजधानीमा पहिलो पटक क्याफे शुरु ग¥यौं । गाउँमा कफी खेती गर्ने र शहरमा क्याफे चलाउने सोंचेरै यो काममा हात हालेका हौं ।’ सानैदेखि कफीलाई नजिकबाट नियालेका कारण पनि काम गर्न प्रोत्साहन मिलेको उनले बताए । बाबु–बाजेको पालादेखि नै लगाउँदै आएको बोटलाई मलजल गर्दै थप बोट, बिरुवा लगाउन शुरु गरेको उनको भनाई छ । पुख्र्यौली जमिनमा उहिलैदेखि लगाएको कफीका बोट अहिले पनि रहेको न्यौपानेले बताए । ‘तर त्यसले मात्र हाम्रो माग धान्न सक्ने अवस्था भएन । अहिले बारी र कान्लामा थप बोट लगाएका छौं र अन्य कृषकलाई लगाउन प्रोत्साहन गरेका छौं,’ न्यौपानेले भने ।

सिद्धार्थ ग्रुपले कफी उत्पादनकै लागि गुल्मीमा सिद्धार्थ बायोटिका संचालनमा ल्याएको छ । जसबाट उच्च प्रविधिको प्रयोगबाट कफी खेती र प्रशोधन सुरु गरिको छ । पुख्र्यौली जमिनमा बाहेक थप दुई हजार सात सय कफीका बोट लगाइएको छ । ‘झण्डै सात सय बाटे ठूला भइसकेका छन् । दुई हजार कफीको बोट गत वर्ष मात्र लगाएका छौँ,’ सिद्धार्थ ग्रुपका चिफ अप्रेटिङ्ग अफिसर बिनय थापाले भने, ‘यसले तीन÷चार वर्षमा फल दिनेछ । उनले तत्कालका लागि माग धान्न यो उपयोगी नहुने बताए । प्रत्येक वर्ष पाँच हजार कफी लगाउने रणनीति तय गरेको सिद्धार्थ समूहले सरकारी निकायसँग सहकार्य गर्दै आएको छ । उनले कफी उत्पादन हुने सम्भावित ठाउँको खोजी गरि त्यहाँका किसानलाई कफी खेति गर्न प्रोत्साहन गर्ने बताए । ‘सम्भावित ठाउँका किसालाई कफी खेति गर्न प्रोत्साहन गर्न आर्थिक तथा प्राविधक सहयोग गर्ने योजना पनि बनाएका छौँ,’ कफी बिज्ञ समेत रहेका थापाले भने ।
एस–क्याफेमा कफी मात्र होइन बिभिन्न भेराईटीका बेकरी र फास्टफुड पनि पाईन्छ ।

कफी उत्पादन गर्न चाहने कृषकलाई बिरुवा, प्राविधिक सहयोग, बजारिकरणका साथै उत्पादन भएको कफी आफै खरिद गरिदिने सिइओ न्यौपानेले बताए । ‘यदि कोही कफी उत्पादनको काममा लाग्न चाहन्छ भने हामी सक्दो सहयोग गर्न तयार छौं । बजार र उचित मूल्यको ग्यारेण्टी हामीले लिन्छौँ,’ न्यौपानेले स्पष्ट पारे । सिद्धार्थ ग्रुपको योजनाले स्वदेशी कफीको ‘ब्राण्ड’ बनाउन मद्दत गर्नुका साथै पहाडका बाँझो जमिन उपयोगमा आउने भएको छ । तर त्यसका लागि कृषकहरु आफै उत्साहित हुनुपर्ने सिइओ न्यौपानेको भनाई छ । उनले भने, ‘तपाई योजना बनाउनुस, तपाईको योजना सफल बनाउन हामीले दिन्छौ।’ सिद्धार्थ समूहको पाँचवटा ‘एस–क्याफे’ मा मात्र सय जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । गाउँमा लगाइएको कफीबाट प्रत्यक्ष/अप्रत्यक्षरुपमा कृषकहरु लाभान्वित भएका छन् । आगामी दिनमा आउटलेट बिस्तार गर्दा थप रोजगारी सिर्जना हुने न्यौपानले बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८