तुलसी निरौला
चितवन : चितवन सौराहामा हात्ती चढेर जंगल सफारी गर्नु अघि एक नयाँ मौका जु¥यो । लेखक तुलसी निरौलाका तीन कृतीहरुको सार्बजनिकरण नयाँ तरिकाबाट गरिएको छ । यो एक अनौठो संयोग भयो ।
लेखकका एक आदर्श ब्यक्तित्व, जीवा लामिछानेसँगको अकस्मात भेट तथा अन्य सबै नांै जना सर्जक तथा शिक्षाविद्हरुको एकसाथको भेटलाई नै सही मौका मानियो । दुर्लभ हुने यस्ता जमघटमा, नौं जनाको सहभागिता जुट्यो र भयो दुइ काम एकसाथ । यो संयोग जुराउनुभयो उद्यमी, जीवा लामिछानेले ।
जीवा सर आफ्नो पुरानो गाउँ पदमपुर नजिक पुगेर बाल्यकालका यादहरु ब्यँुझाउन चाहनुहुन्थ्यो । पदमपुर, जिवा लामिछानेको जन्मस्थान र पुरानो घर भएको ठाउँ पनि हो । आज त्यो ठाउँ अनेक जनावरहरु तथा चराचुरुङ्गीको बासस्थान भएको छ । त्यै राप्ती खोलामा पौडि खेल्दै हुर्कनुभएका लामिछाने आज एक अन्तराष्ट्रिय सफल उद्यमी तथा सर्सर्ती संसार र देश देशावर जस्ता चर्चित नियात्रा पुस्तकका लेखक पनि हुनुहुन्छ ।
जीवनमा बाँच्ने कला र काब्यकला दुवैको सही सन्तुलन मिलाएर सफल जीवन बाँच्ने प्रेरणा दिने लामिछानेसँगको पहिलो भेटलाइ नै पुस्तक सार्बजनिकिकरण गर्ने सही अवसरका रुपमा लेखकले लिए ।
उनी आफैं पनि उत्प्रेरणात्मक साहित्यमा बढि झुकाब भएका लेखक हुन् । आफ्ना तीन कृतीमा कथाहरुको बाकस खोतल्ने कोसिस (१११ वटा उत्प्रेरणात्मक कथाहरुको संग्रह), नयाँ राजाहरुको नयाँ लुगा (९३ नेपाली कविताहरुको संग्रह) र हिमाली बगैँचा ( १०० नेपाली गीतहरुको संग्रह) सार्बजनिक भएका छन् । यसरी उनले एक नव कवि तथा गीतकारका रुपमा पनि आफ्नो पहिचान थपेका छन् ।
हात्ती चढेर जंगल सफारी गर्न भेला भएका लामिछानेसहित केदारनाथ खनाल, साहित्यकार, शिक्षाविद्, रामबाबु घिमिरे, निबन्धकार, अध्यक्ष बाल्मीकी साहित्य सदन, अध्यक्ष, व्यवस्थापन समिति, शहिद स्मृती बहुमुखी क्याम्पस, रत्ननगर, प्रेम रिमाल, प्राचार्य, डेजी आवाशिय मा.वि., तिलकराज शर्मा, पूर्व सहप्रशासक, शहिद स्मृती बहुमुखी क्याम्पस, रत्ननगर, वडाध्यक्ष र.न.पा.२ (हास्यव्यंग्यकार), भुपिन खड्का, साहित्यकार, प्राध्यापक, सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, ईश्वर कडेल, साहित्यकार, प्रशिक्षक, ब्रिटिस काउन्सिल, धन राज गिरी, गजलकार, पुर्व सहप्राध्यापक, शहिद स्मृती बहुमुखी क्याम्पस, रत्ननगर, उपाध्यक्ष, खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान र तुलसी निरौला, लेखक व्यक्तित्वहरुको सहभागितामा तिनै पुस्तकको सार्वजनिकीकरण गरिएको थियो ।