फागुन २३ गते देखि ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

जागरणपोस्ट ५ फाल्गुन २०७७, बुधबार १७:४०

काठमाडौं :  कोभिड-१९ विरुद्धको दोस्रो चरणअन्तर्गतको पहिलो लट खोप ६० वर्षमाथिका नागरिकले पाउने भएका छन् ।

सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयको तथ्यांकमा ६० वर्षमाथिका खोप लिने नागरिक करिब २७ लाख छन् । यो वर्गलाई खोप दिन उमेर खुल्ने परिचयपत्रलाई आधार मानिने मन्त्रालयले जनाएको छ । पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि सुरु भएको कोभिड १९ विरुद्धको खोप अभियानमा पहिलो र दोस्रो लट गरी मंगलबारसम्म दुई लाख ६३ हजार ४८ जनाले खोप लिएको मन्त्रालयको तथ्यांक छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८