के नेपाली राजनीतिकर्मीहरु, परजीवी नै हुन् त ?

जागरणपोस्ट ६ फाल्गुन २०७७, बिहीबार ११:५७

राजन बिडारी

नेपालका नेताहरु प्रायःका निजि कमाइ नै छैन । त्यस खालको आयस्रोत गर्नुपर्ने जरुरत अनि लगाव दुबै हुदैन । तैपनि राजशी ठाँटमै रम्न र देखिन रुचाउँछ्न । समृद्धि ल्याइहाले पनि आफु र आफ्ना आसेपासेका लागी (गुट समेत) मात्रै ल्याउँछन् । कमाउनकै लागि आफ्ना आसेपासेहरुलाई अनेक तरहले नाजायको कृत्य गर्नका लागि उकास्छन् । केही भैपरि आउँदा राज्यस्रोत र शक्तिको दुरुपयोग गर्दै मनलाग्दी संरक्षण गर्छ्न । प्रायः सबै खाले कर्म एवं गतिविधिहरुबाट कमिशन र हिस्सा खोज्नु यिनीहरुको जीवन शैली बनेको छ । भागबण्डा कै राजनीति गर्नु र सो नपाउँदा जनताको अधिकार रक्षाका लागि भन्दै सडक तताउनु यिनीहरुको संस्कार नै बसेको छ ।

कुनै जमानामा एक प्रसङ्गका लागि जेल बस्या भरमा वा आन्दोलन उकासेकै नाममा पुस्तौ पुग्ने गरि सोको साँवा ब्याज असुल्न खोज्नु यिनीहरुको नियती बनेको छ । आफ्ना मातहतका निकाय देखि संबैधानिक अंङ्ग समेतमा बिधी, पद्धति एवं सोको मर्म बिपरित आफ्नालाई घुसाइ सेटिङ्ग मिलाउनु यिनका चरित्र बन्दै आएको छ । त्यसो गर्न नमिल्दा यिनले पुनः जनता कै नाममा आन्दोलनको आधिबेरी निम्त्याउछन् ।

किनकी, अहिलेसम्म जानेको भनेकै आन्दोलन र भिड जम्मा गर्न त हो नि ! बिकास र समृद्धि त उहीँ भाषण सुन्न पाइन्छ । कागजमा मिठा शब्दले पोत्छन अनि रङ्ग्याउँछन ! ब्यवहारमा त एकाध ठाउँमा छारो हाल्छ्न र बाकी सबै पिँधमा चुहिनु अगावै चुसेर सकाउँछन् । देखाउनका लागि मात्रै हो गरिव अनि श्रमिकका नाममा भाषण गर्ने र बाँस बस्दै खाना खाए झै गर्ने ! अकुत कमाएका र नाजायज तरिकाले कमाउन बानी परेका ब्यवसायी तथा कर्माचारीहरु सँग भने बिकाउँ खाना डकार्छन ।

र यति लेख्नु मेरो कुण्ठा अनि तुष पोख्नु पक्कै होइन । म पनि चाहान्छु हाम्रा नेताहरु राजनेता होउन र बनुन । देश र नागरिकका पीर मर्कामा अर्थपूर्ण साथ देउन, सही अनि यथा समयमा सम्बोधन गरून् । विश्वकै उत्कृष्ट परिवेश अनि बिबिधता पुर्ण सुन्दर देश नेपालको नाम मात्रै नभै कर्मले नै सारा बिश्वसामु चिनाउन । र त्यसका लागि सही र सक्षम ब्यक्तित्वहरुलाई उपयुक्त स्थानमा अवसर दिई हौशला प्रदान गरून् । सक्षम नै छन भने आफ्नालाई पनि प्रतिस्पर्धामा उतारुन ।

नागरिकले नेताका बोली भन्दा नि गरेका काम, परिणाम अनि ब्यवाहर नियाली रहेका हुन्छन् । त्यसैपनि यो देशमा भाषण मार्फत खोक्ने, ओकल्ने र एकअर्को बिरुद्ध तुस पाल्दै लडाउने, फुटाउने, भत्काउने र बिगार्ने ज्यादा नै भै सक्यो । अब जोड, सुध्र अनि आआफ्ना गति र मति सुधार ! केही छैन, ती दिनमा खुलेरै प्रशंसा पनि गरौला । नजिक पर्न र तस्वीर खिचाउन मरिहत्ते गरौला । नभेट्दा पनि टेलिभिजन वा रेडियो मार्फत देख्दा वा सुन्दा गौरवान्वित हौला ! के हाम्ले हाम्रै पालामा यस्तो देख्न अनि भोग्न पाउँला त नेता ज्यु ?

कामना गरौ कि यस्तै होस !
सबैको जयहोस ! सदा जयहोस !!

नोटः केही न्यून इमान्दार नेता पनि होलान, उहाँहरुको जयहोस !

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६