ब्रेकिङ न्युज:

‘कोरोना’ को भयाभह अवस्थालाई फर्केर हेर्दा….

जागरणपोस्ट ७ फाल्गुन २०७७, शुक्रबार १६:३२

शिसिर पाण्डे

करिब ८ १० महिनाको कोरोना महामारीमा समाजमा खटिएर काम गर्दै जाँदा विभिन्न भोगाईहरु भोग्दाको अवस्था आज आएर एकछिन सोंच्ने हो भने एकातिर जिम्मेवमरी बोध भएको हुन्छ भने अर्कोतिर यस्तो खाल्को अवस्थापनि श्रृजना भएको थियो है भन्ने आभाष मनमा खेलिरहन्छ ।

साँच्चै त्यतिबेलाको अवस्थामा समाजलाई सकारात्मक सोंचतिर ढाल्नु निकै कठिन देखिन्थ्यो । र परिस्थीती अनुरुप त्यो सोंच स्वभाविक पनि थियो । अवस्था यस्तो भयो कि कतिका छोराछोरी टुहुरा भए, कतिकोे सिउँदो पुछियो त कतिको मानसिक तनाव चरणविन्दुमा पुग्ने अवस्था पनि आयो । अर्को अर्थमा भनौं भने एककिसिमको मानसिक खलकलाहटको महसुस भएको थियो त्यो अवस्थामा ।

अहिले त्यस किसिमको पिडामा केही कमि आएको महशुस गरेको छु । किनभने जब मानिस आफू सचेत रहने प्रयास गर्छ तब समाजका जुनसुकै समस्याहरुपनि हराउँदै (समाधान) जान्छन् र त्यसैको एउटा उपहार अनि उपज मान्नुपर्छ कोभिसिल्ड भ्याक्सिन । जब युरोपियन देशहरुमा कोभिडविरुद्धको खोपको निर्माणगरि त्यहाँका जनसमुदायहरुमाझ पुर्याईयो तब निराषाको बादलमा हावाका झोकाहरु आएको महसुस हुन थाल्यो । विस्तारै छिमेकी राष्ट्र भारतबाट १० लाख कोभिसिल्ड खोप आउने कुराले आशाका किरणहरु अझ बढी सक्रिय हुँदै गए ।

त्यसैलाई आधार मानेर प्राथमिकताको अनधारमा नेपाल सरकारको निर्णय अनुसार लक्षित वर्गहरुको खोजिकार्य सुरु भयो । खोजिकार्यमा कतिपय व्यक्तिहरुबाट खोपलाई सकारात्मक ढङ्गले नलिई डरको आभाष भएको भन्ने कुराहरुपनि सुनियो । यो सोंचाई र टिकाटिप्पणी विभिन्न मिडियाहरुबाट खोपको साईड एफेक्टलाई त्रासपूर्ण रुपले प्रस्तुत गरिएको कारणले पनि हुनसक्ने निश्चिन्त अनुमान लगाउन सकिन्छ । नेपालमा स्वास्थ्यकर्मिबाट सुरु गरिएको कोभिसिल्ड भ्याक्सिनले खोपबारे फैलिएको डरको कमि र उच्च मनोवलको विकास भएको अनुमान लगाए र विशेषगरी धन्यवाद दिन चहान्छु विर अस्पतालका डाक्टरहरुलाई ।

आजसम्म आईपुग्दा जनमानिसहरुबाट हामी स्वास्थ्यकर्मिहरुलाई सोधिने प्रश्न “हाम्रो खोप लगाउने पालो कहिले आउँछ ?” र अहिले यसकिसिमका प्रश्नको उत्तर दिन पाउँदा निकै खुसि लागेर आउँछ । पहिलो चरणको भारतबाट भित्राईएको कोभिसिल्ड खोप देहभरका २०१ खेपकेन्द«हरुबाट १ लाख ८४ हजार ८ सय ५७ जनालाई दिईएको छ । जसमध्ये सबैभन्दा बढी बाग्मति प्रदेशमा लगाईयो जुन जनघनत्वका हिसावले राम्रो मान्न सकिन्छ ।

त्यसैगरी कोरोनाको महामारी अझैपनि रहेका कारण नेपाल सरकारको कोरोना नियन्त्रणको मापदण्डको पालना गरौं आफूपनि सचेत हौं र अरुलाईपनि सचेत बनाउँ । जय स्वास्थ्यकर्मि

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४