ब्रेकिङ न्युज:

राष्ट्रिय महिला लिग फुटबल : अपराजित रहँदै एपीएफ च्याम्पियन

जागरणपोस्ट ७ फाल्गुन २०७७, शुक्रबार २१:२९

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफका लागि सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन । खेलको ४५औं मिनेटमा लिम्बुले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् । यस्तै खेलको ८६औँ मिनेटमा केसीले गोल गर्दै एपीएफलाई २–० गोलको अग्रता दिलाईन । खेलको इन्जुरी समयमा लिम्बुले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० गोलअन्तरले उपाधि जिताईन ।

एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्यो । आर्मीले १२ खेलमा २६ अङ्क जोड्यो । उपाधिसँगै एपीएफले रु १५ लाख तथ उपविजेता बनेको आर्मीले रु. आठ लाख पुरस्कार प्राप्त गरेको छ ।

लिगमा तेस्रो भएको नेपाल पुलिस क्लबले रु. पाँच लाख तथा चौथो भएको स्याङ्जाको वालिङ नगरपालिकाले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको रु एक लाख ५० हरजारसहित फेयर प्ले टिमबाट चन्द्रपुर नगरपालिका पुरस्कृत भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बु घोषित हुनुभयो । उनले पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधि एपीएफकै सावित्रा भण्डारी, उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबकी उषा नाथ, उत्कृष्ट डिफेन्डर पुलिसकै अम्रिता जैशी, उत्कृष्ट मिडफिल्डर आर्मी फुटबल क्लबकी बिमला चौधरी तथा उत्कृष्ट प्रशिक्षक एपीएफकी भगवती थापा घोषित भईन । उनीहरुलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४