ब्रेकिङ न्युज:

अधुरा सपनाहरु….

जागरणपोस्ट ८ फाल्गुन २०७७, शनिबार १४:५४

प्रशान्त ज्ञवाली//

वि.सं २०४९ सालमा म जन्मिए । असोजको महिना थियो, सबै दशैको प्रतीक्षामा थिए, मेरो घरमा भने अझै एउटा खुसी थपियो । छोरा जन्मिए बाउको वंश अगाडी लैजान्छ भन्ने समाजमा छोरा जन्माउँदा मेरा बाउ पनि खुसीले गदगद थिए रे ।

नाती खेलाए स्वर्ग गईन्छ भन्ने त्यतिबेलाको जनभावना । सायद त्यसैले होला मेरी हजुरामा निकै खुसी थिईन् रे । प्रसव पीडा सहि मलाई जन्माएकी मेरी आमा आफ्नो त्यो पीडा भुली सन्तान प्राप्तिको खुसीमा रम्दै थिईन् होला सायद । छोरा जन्माए लक्षिनकी भन्ने जनभावना त्यतिबेला व्याप्त थियो । त्यसदिनदेखी मेरी आमापनि लक्षिनकी सावित भईन् त्यो समाजको लागि । हुन त नारीको कर्म न हो, बिहे गरी जन्मघर छाडी आऊ, अनि छोरा जन्माई वंश अगाडी बढाए लक्षिनकी नत्र अलक्षिनाई ।

दिन बित्दै गए, म पनि विद्यालय जाने उमेरको भए । गाउँको जागृती प्राथमिक विद्यालयमा भर्ना भए । यहि क्रममा मेरो विरेसँग भेट भयो । विरे अनि म गाउँको चौतारीमा भेट भई सँगै विद्यालय जान्थ्यौं । नाकमा सिगान, धुलोले रंगिएका पोशाक अनि चुढेर रसिले बाधेका फिते चप्पल सँगै हामी विद्यालय प्राङ्गणमा पुग्थ्यांै । दिन वित्थ्यो, घर फर्किन्थ्यौ । यो क्रम चली नै रह्यो ।

गाउँमा राजा विरुद्धमा शसक्त क्रान्ति चलिरहेको थियो । जय माओवाद भन्ने नारा घन्किरहन्थ्यो । लोकतन्त्र स्थापना गर्न हिडेका जनमुक्ति सेना र प्रहरीका कारण पुरै गाउँनै त्रसित थियो । एकदिन विर्खे साहू हाम्रो घरको आँगनिमा आई चिच्याउन लागे । विर्खे साहू, जो सँग मेरा बुवाले आर्थिक अभावका कारण ऋण लिगेका रहेछन् ।

विर्खे साहू : हर्के ! ए हर्के ! बाहिर निस्के ।

बुवा : ए ! विर्खे साहू पो आईबक्स्या रैछ । नमस्कार हजुर ! मैया ए मैया, कुर्सी लियर आइज त ।

आमाले कुर्सी लियर राखिदिईन् ।

बुवा : आसन ग्रहण गरिबक्सियो हजुर ।

विर्खे साहू कुर्सीमा बस्दै भन्छन् , तैले त मेरो पैसा पचाइदिस् नि ।

बुवा : होइन हजुर ! अहिले खेती पनि तेती भएन, आर्को वर्षसम्म कुरिदिनुस न मालिक ।

विर्खे साहू : केको आर्को वर्ष, अब त छोरो पनि हुर्किएछ । यसैलाई पठाइदे हाम्रो तिर, श्रम गर्दै गर्छ, पैसा कटौती गर्दै जान्छु ।

बुवा : अहिले त सानै छ मालिक । यसलाई पढाएर ठूलो मान्छे बनाउनी सपना छ । क्षमा गरिबक्सियोस् मालिक यसलाई पठाउन सक्दिन ।

विर्खे : उसोभए १ महिनाको समय दिन्छु , तिर्न सकिनस भने त नै आइज्क नि त्या ।

बुवा : जो आज्ञा मालिक ।

विर्खे साहू : उसोभए म लागे अहिले ।

बुवा : हस ! मालिक ।

दिन बित्दै थिए । गाउँमा विर्खे साहूको ज्यादती पनि चरममानै पुगिसकेको थियो । उता मेरो बुवा ऋण तिर्न नसकेर विर्खे साहूको गुलामी लागे । विर्खे साहूले बुवामाथी हातपात पनि गर्थ्यो रे । यो सुन्दा मनमा बदलाको भावना आउन थाल्यो । देशको व्यवस्थाप्रती घिन लाग्न थाल्यो । भनिन्छ नि बदलाको भावनाले अक्सर मान्छेले मार्ग बिराउछ, मैले पनि बिराएछु । व्यवस्था परिवर्तन र विर्खे साहूसँगको बदलाको भावनाको कारण म माओवाद तिर लागे । कलम समात्ने ती हातले त्यतिबेला झन्डा समायो, गोली समायो, बन्दुक समायो । त्यतिबेला नै मेरो बुवाको पढाई लेखाइ गराई मलाई ठूलो मान्छे बनाउने सपना अधुरो नि रह्यो । अझै यो भनौ मैले मेरै हातबाट मेरो बुवाको अनि मेरो सपनाको घाँटी निमोठे ।

युद्द्को तयारी हुन लाग्यो, म जस्ता धेरै थिए । फरक यत्ती थियो, म बदलाको लागि आएको, उनीहरु समाज समाज बदलाभको आशमा । विद्यालय जाने उमेरमा म युद्धमा जान लागे, झोला भिर्ने त्यो काधमा बन्दुक भिरिएको थियो, पानीको बोटल बोक्ने ती हातमा ग्रेनाइट र बम थिए । युद्ध कालमा जलेका ती विद्यालय भवनहरुसँगै म जस्ता कयौं विद्यार्थीहरुका सपनाहरु जल्दै थिए, भत्किएका ती सरकरी भवनहरु सँगै कयौं नगरिकका सपनाहरु पनि भत्किए, ढलेका ती लाससँगै धेरै आमाका सन्तानप्रतिका सपनाहरु ढले, धेरै चेलीका सिउँदोका सपनाहरु ढले र ढले ती बुवाका सन्तानप्रतिका सपनाहरु ।

पछि शान्ती सम्झौता भयो । हिजोका कुकुर बिराला आजका दाजुभाई बने । देशको ब्यवस्था त परिवर्तन भयो तर अवस्थामा परिवर्तन आएन । व्यवस्था र अवस्था बदल्न लड्ने ती सहिदका सपनाहरु अझै अधुरा छन् । हुन त राजनितीको शुक्रकिट नै खराब परेको देशमा, नागरिकका सपनाहरूको प्रत्येक रात “एबोर्सन” हुदो रहेछ । यहाँ त हरेक सपनाका घाटी रेटिन्छन् । यहाँ त सबै सपनाहरु अधुरो नै रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४