ब्रेकिङ न्युज:

रुपन्देही सुपर लिग अन्तर्गत आजको खेलमा लुम्बिनी शाक्यानद्वारा साई ग्लोबललाई २९ रनले पराजित

जागरणपोस्ट ८ फाल्गुन २०७७, शनिबार १७:२४

रुपन्देही : जिल्लाको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यानले साई ग्लोबल क्रिकेट क्लबलाई २९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेकोे लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २२.५ ओभर खेल्दै सबै विकेट गुमाई १३९ रन बनायो । उसका लागि अख्तर हुसेनले ३३, अजमत खाँनले २९ र रुपक सापकोटाले २१ रन बनाए । बलिङमा साई ग्लोबलका इमरान पठानले ५, आकाश त्रिपाठीले ३ र जम्बो मगरले २ विकेट लिए ।

जवाफी ब्याटिङमा साई ग्लोबल ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै समेटियो । उसका लागि इमरान खाँनले २६ र आशुतोष पासवानले २५ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अख्तर हुसेनले १० ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ६ विकेट लिए । साथै उनी म्यान अफ द म्याच भए ।

यसैगरी भोली आइतबार हुने खेलमा वेष्टर्न क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लब भिड्ने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४