ब्रेकिङ न्युज:

पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमित थपिए

जागरणपोस्ट ८ फाल्गुन २०७७, शनिबार १६:४८

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५३५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार ४८ जनाको पिसिआर परीक्षण गर्दा ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३६ हजार ३०९ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। शनिबार दिउसोसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ। हाल ७१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १३६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ६४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४