ब्रेकिङ न्युज:

सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखियो

जागरणपोस्ट ८ फाल्गुन २०७७, शनिबार १७:५४

काठमाण्डाै :  सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखा परेको पशु सेवा विभागले जनाएको छ ।

वीरेन्द्रनगर–१२ का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको हो । केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जानकारी दिएको छ । साथै रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ । गएको माघमा काठमाण्डौको तारकेश्वर नगरपालिकामा देखा परेको बर्ड फ्लू भने नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४