ब्रेकिङ न्युज:

फेवातालको सरसफाइमा युवा सङ्घको सक्रियता

जागरणपोस्ट ८ फाल्गुन २०७७, शनिबार १९:५८

पोखरा : युवा सङ्घ नेपाल वडा कमिटी पोखरा-६ लेकसाइडद्वारा फेवातालस्थित बाराहिघाटमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । ‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता रहेको थियो ।

बयालिस वर्षअघि निर्माण गरिएको फेवाबाँध मर्मतका लागि पानीको सतह घटेपछि तालको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो । युवा सङ्घ नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाराही घाटमा फोटो उठाएर कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्ने बताए । “हाम्रा पुर्खाले हामीलाई बुझाएको फेवाताल भावी पुस्तालाई बुझाउनु अपरिहार्य छ”, उनले भने, “त्यसका लागि युवा शक्ति सङ्गठित भएर अघि बढ्नुको विकल्प छैन ।” पानीको सतह सुकेको वर्तमान अवस्थामा ताल अतिक्रमणबाट जोगाउनुका साथै सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रम संयोजक सञ्जिव पहारी, सङ्घका अध्यक्ष आविष्कार तिमिल्सिनालगायतले तालसँग धेरैको भविष्य जोडिएको हुँदा यसको संरक्षण, सम्वद्र्धन र सरसफाइमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४