ब्रेकिङ न्युज:

ढुक्क हुनुस् आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ : उपप्रधानमन्त्री पोखरेल

जागरणपोस्ट ९ फाल्गुन २०७७, आईतवार ०८:५८

जनकपुर : उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र मुलुकको निकासका लागि निर्वाचन नै एकमात्र विकल्प रहेको बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रममा उनले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना पनि साकार हुने बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने दावी गरे । उनले भने, “ढुक्क हुनुस् आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ । तपाईहरु निर्वाचनको लागि तयारीमा जुुट्नुहोस् ।”

उपप्रधानमन्त्री पोखरेलले अहिले आफूहरुलाई गलत भनिरहेको भएपनि निर्वाचनबाट नै जनताले सहीगलतको पहिचान गर्ने बताए । उनले थपे, “जनताभन्दा ठूलो न्यायाधीश कोही छैन, हामी गलत छौं भने जनताले दण्डित गर्छन् । यदि सही छौँ भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ । त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ ।”

उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही गलत तत्वले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गर्नुभएको जानकारी दिए । उनले भने, “पार्टीका अर्काअध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनताले दिएका बहुमतको सरकारलाई धक्का मारेर म्यूजिकल चेयर रेस खेले झै बस्न खोजेपछि जनताको बहुमतलाई कदर गर्न जनताबाटै निर्णय होस् भन्ने उद्देश्यले संसद् विघटन गरी जनताका बीचमा जाने निर्णय गरिएको हो ।”

उपप्रधानमन्त्री पोखरेलले नेकपाका अर्काअध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म केही गर्न नसकी पद लोलुप्ता मै लागेको भन्दै हामी युवा पुस्तालाई नेतृत्व दिन खोजिरहेका छौँ तर उहाँहरु कुर्सीमा टाँसिएर बस्न चाहनुहुन्छ । पार्टीभित्रको मतभेद त्यही हो, उनले भने ।

एक अर्को प्रसङ्गमा उनले जनकपुर–जयनगर रेल्वे चाडै नै सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे । उनले ठ्याक्कै यही मितिदेखि रेल सञ्चालन हुनसक्ने भन्न नसकिने भए पनि चाँडै सञ्चालनमा आउने बताए ।

चेम्बर्स अफ कमर्स धनुषाका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नं २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, चेम्बर्सका केन्द्रीय अध्यक्ष राजेश काजी श्रेष्ठलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४