चीन सरकारद्धारा चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति

जागरणपोस्ट ९ फाल्गुन २०७७, आईतवार १२:५५

बेइजिङ : चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ ।

यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ र यसको धेरै तिर प्रयोग पनि भएको बताइएको छ ।

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८