ब्रेकिङ न्युज:

बुटवल-नुवाकोट सञ्चालन हुने केबलकारको अर्थमन्त्री पौडेलद्वारा शिलन्यास

जागरणपोस्ट ९ फाल्गुन २०७७, आईतवार १६:४६

रुपन्देही : बुटवलबाट नुवाकोट सञ्चालन गर्न लागिएको केबलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलन्यास गरेका छन् । आइतबार बुटवल मावि माथी रहेको देउराली डाँडामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले केबलकारको सिलन्यास गरेका हुन् ।


ऐतिहासीक तथा धार्मिक स्थल नुवाकोट गढीमा सिद्धार्थ केबलकार प्रालीले केबलकार सञ्चालनको प्रक्रिया अघि बढाएको हो । २ किलोमिटर लम्बाइको केबलकार निर्माण गर्न ८० करोडको लागत अनुमान गरिएको छ । सिद्धार्थ केबलकार प्रालीले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । निर्माण पछि केबलकारमा २५ वटा डब्बा रहने र बुटवलको देउराली डाँडाबाट नुवाकोट ८ मिनेटमा पुग्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रालीले यस अघिनै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना रहेको सिद्धार्थ केबलकार प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४