रुपन्देही : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले नागरिक अगुवाहरुले आन्दोलन गर्ने हो भने पहिला सबै पूराना पार्टीहरु प्रतिवन्धित गरि राजाको पालादेखी निर्वाचित जनप्रतिनिधिलाई भ्रष्टाचार मुद्दा लगाउनका लागी हुनुपनमा जोड दिएका छन् ।
भैरहवामा आइतबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले अहिलेको नागरिक अगुवाहरुको आन्दोलन गुटगत भएको आरोप लगाउदै उनिहरु नागरिकको समस्याबारे नबोलेको बताए । यस्तै प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने र यसलाई असामान्य र सोच्नैपर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको उनको भनाइ छ ।
नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको उनले बताए । पर्दापछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित रहेको भन्दै राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए । ओलीसँग मिलेर जाने कुरा अतिरञ्जीत मात्र भएको बताउँदै उनले राजनितिमा सबैसँग सहकार्य राख्न सकिने र एजेण्डा मिले नयाँ बैकल्पीक शक्तिसँग सहकार्य हुन सक्ने बताए ।