नेताहरुको बिदेशी उपचार मोह

जागरणपोस्ट ९ फाल्गुन २०७७, आईतवार १८:४५

जनताको खुनपसिनामा नेताहरुको ब्रह्मलूट

बिजय ज्ञवाली//  हालैमात्र पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्रोत खुल्न नसकेको रोगको उपचार गर्न भन्दै दिल्लीस्थित अपोलो अस्पताल भर्ना भए । आज फेरि अर्का पूर्वप्रम नै ट्युमरको उपचारको लागि भन्दै दिल्ली जाँदैछन् ।

जबकी नेपालमैं पनि ट्युमरको उपचार सम्भव छ त्यो पनि बिना अप्रेसन । केहिसमय पहिला नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक फोक्सोमा भएको ट्युमरको बिनाशल्यकिया सफल उपचार गरिएको थियो। २० वर्षीय एक युवाको शल्यक्रियाको विकल्पका रुपमा ‘माइक्रोवेभ एब्लेसन’ प्रक्रियाबाट उपचार गरिएको थियो । यो पद्धती नेपालमा नयाँ हो र यो पद्धतीबाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी र हड्डी लगायतका स्थानमा रहेको ३ देखि ५ सेन्टिमिटर सम्मको ट्युमरको उपचार गर्न सकिन्छ ।

नेपालमा गरिने ट्युमरको उपचार पद्धति भनेको ‘माइक्रोवेभ एब्लेसन’ हो। यस पद्धतिमा चिरेर गर्नुपर्ने शल्यक्रियाको आवश्यकता पर्दैन । यसमा सुईको प्रयोगबाट निराकरण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सानो खालको ५ सेन्टिमिटर आकारसम्मका ट्युमरको यो पद्धतिबाट उपचार गर्न सकिन्छ । शल्यक्रियाको राम्रो विकल्प भएकाले बिरामीलाई सजिलो र छिटो निको हुनुमा सहयोग पुग्ने गर्छ । एनेस्थेसिया नलागाएरै पनि बिरामीको उपचार हुने हुँदा यो धेरै नै प्रभावकारी छ । एब्लेसन गरिसकेपछि बिरामीलाई एकदुई दिन सामान्य दुखाइ हुने र कहिलेकाँहि ज्वारो आउने हुन्छ । यो उपचार विधि त्यति लामो नभएको र बिरामीलाई धेरै दिनसम्म अस्पतालमा राख्नुनपर्ने भएको कारणले पनि झनझटिलो छैन ।


अब प्रश्न उठ्छ, नेपालमैं सम्भव हुने उपचारको लाभ लिन किन मान्दैनन नेताहरु ? किन उनीहरुलाई सामान्य भन्दा सामान्य बिमारीको उपचारको लागि पनि दिल्ली, थाईल्याण्ड, सिंगापुर र अमेरिका जानुपर्ने हुन्छ ? त्यो पनि देशको प्रधानमन्त्री भैसकेका ब्याक्तिहरुले किन उपचारमा बिदेशी मोह जगाऊँछन् ?
अलिकति त लाज पनि लाग्नुपर्ने हो । जुन नेताले राजनितिमा देश र जनता भन्दै ढोंग गरिरहेका हुन्छन्, तिनै नेताले आफ्नै देशलाई किन बिश्वास गर्न सकैनन् ? किन आफ्नै जनतामाथी भरोसा गर्न सक्तैनन् ? किन आफ्नै देशको स्वास्थ्य प्रणालीमाथी बिश्वास गर्न सक्तैनन् ।

कुरो स्पष्ट छ । नेताहरुको नियतमैं खोट छ । दरिद्रपन छ र लूट र भ्रष्टाचारी मानशिकता छ । पछिल्ला आन्दोलन हेरौं । देश, जनता र स्वाभिमानका ठुला ठुला नाराहरु लागिरहेका छन् । देश सपार्ने गफ भैरहेका छन् ।

तर देश किन सप्रीएन त ?

आफू प्रधानमन्त्री हुँदा गरे के र ऐले ठुला ठुला नाराहरु घम्किएका छन् ?

आफैले बनाएको ब्यवस्था र प्रणालीले किन काम गरेन या गर्न दिईएन त ? किन बिश्वास लाग्दैन आफ्नै देशको यी नेताहरुको ? कुन मानशिकताले देश बिकाशका नारा ओकल्छन हाम्रा नेताहरु ?

यिनिहरुलाई लागेको बिमारी के जनतालाई लागेको छैन र ? खोइ त जनताले पनि दिल्ली, थाईल्याण्ड, सिंगापुर या अमेरिका गएर उपचार गर्नसक्ने ल्याकत राखेको नेता महोदयहरु ? या, आफ्नै देशमा सस्तो सर्वसुलभ र गुणस्तरीय उपचार प्राप्त गर्नसकेको ?

समाजवाद र स्वाधिनताका चर्का नारा ओकल्ने नेता महोदयहरु, यो दरिद्र मानशिकताको राजनीति कहिलेसम्म ?

ब्रह्मलूट गर्न पल्किएका नेपालका नेताहरु कुनैपनि चोखा छैनन् । सवका सव यौटै ड्याङ्ग का मूला मात्र हुन् । चासो यसकारण कि, पूर्वप्रधानमन्त्रीको सुविधाको खातिर उनको नियमित चेकजांचको सम्पूर्ण खर्च सरकारले बेहोर्ने हो या नेताको हैशियतले पार्टिले बेहोर्ने हो अथवा आफू स्वयंले बेहोर्ने हुन त्यो पाटो गुप्त राखिएकाले आशंका भने जिवितै रहन्छ ।

मूख्य कुरा स्वास्थ्य र उपचार होईन, नियत हो र हाम्रो सरोकार पनि यहिं नै हो । १० बर्ष जंगल (भारत) मा बिताएका पूर्वप्रम एवं सर्वहारावादी नेता पुष्पकमल दाहाल पनि पछिल्लो समय पत्नीको नियमित चेकजाँचको लागी भन्दै सिंगापुरतिर हानिएका थिए । त्यस्तै, सुजाताको स्तन क्यान्सर होस या रामवरणको जिव्रोको समस्या होस् । अनि आएर पूर्वप्रम झलनाथ खनालको लण्डनमा भएको महंगो उपचार (जसको सम्पूर्ण खर्च सरकारले बेहोरेको थियो) या, शेरवहादूरको अमेरिकन स्टायलको उपचार होस, यि र यावत छोटेमोटे राजा(रजौटाको सामान्य उपचारमा पनि राज्यकोषबाट अर्वौंको दोहन भैसकेको छ ।


आखिर प्रश्न उठ्छ, आखिर के त्यस्तो बिमार लाग्छ र माननिय ज्यूहरुलाई, जुन समस्याको समाधान नेपालमै नहुने ? जबकी आम नागरिकका जटिलभन्दा जटिल समस्याहरु नेपालमै निदान भैराखेको परिप्रेक्ष्यमा यतिका योग्य, क्षमतावान डाक्टर र अस्पताललाई नै मात दिनेगरि के त्यस्तो बिमार लाग्छ, जुन नेताहरुको नेपालमै उपचार हुन सक्तैन । बिदेशमा अति महंगो उपचारको लालशा बोकेका नेताहरुको फेहरिस्त लामै छ । यो देशका सर्बोच्च निकायका राष्ट्रपति, प्रधानमन्त्रीदेखि पहुँचवाला पार्टि नेता तथा कार्यकर्तासम्मको उपचारमा सरकारले ऐलेसम्म राज्यको ढुकुटिबाट अर्बौ खर्चिसकेको छ । यो अतिमहंगो उपचारमोहको शिलशिला यत्तिकै टुङ्गीनेवाला छैन ।

हामीले तिरेको कर हाम्रो बिकाशको लागि अथवा अर्को शब्दमा भन्नुपर्दा हाम्रैलागि खर्चिनु राज्यको दायित्व पर्दछ । एकातिर जनता टुटेरै भएपनि राज्यलाई अनेकथरि करहरु तिरिरहेका छन् । अर्कोतर्फ त्यहिँ करबाट उठेको राजस्वमा माननियज्यूहरुले आफ्नो ब्याक्तिगत लाभको लागि खरानी उडाएझैँ गरेर राज्यकोषको ढुकुटि उडाइरहनुभएको देख्न र भोग्न अभिशप्त छौँ हामीहरु । यहाँनेर यौटा स्मरणिय कुरा के छ भने राज्यको गहन जिम्मेवारी बहन गरिसकेका सम्माननिय ज्यूहरुको रेखदेख र भैपरि आउने समस्याको बारेमा राज्यले अनदेखि गर्नुहुँदैन, उहाँहरुको योगदानको राज्यले कदर र दायित्व बहन गर्नु नै पर्दछ ।

तर यसो भन्दैगर्दा राज्यबाट प्राप्त सेवासुविधाको दुरुपयोग गरिनु हुँदैन । बिगत केहि समयदेखि ऐलेसम्म नियाल्दै आउनेहो भने बिगतमा बिदेशमा उपचार गराईसकेका माननियज्यूहरुका समस्या त्यति साह्रो जटिल देखिँदैनन, जुन नेपालमै उपचार असम्भव भएको होस् । केहि उदाहरणको रुपमा हेरौँ, पूर्वराष्ट्रपतिको फोक्सोमा देखिएको सामान्य दागको उपचार के नेपालमै सम्भव छैन र ? या हालका प्रधानमन्त्रीको जिब्रोको समस्या ? पूर्वप्रम एवं एमाले अध्यक्ष के.पी. ओलीको तत्कालिन अवस्थामा सुन्नीएको हातको उपचार के नेपालमा सम्भव छैन र ? या, सुजाताको जस्तो स्तनक्यान्सर लागेर नेपालका कयौं महिला उपचारको अभावमा छटपटिईरहेका छन् या उपचारै नपाएर मर्नुपर्ने अवस्था आईपरेको छ ? अथवा स्तनक्यान्सरकै लागी कुनै महिलाले १ करोड या ५० लाख खर्चनुपरेको रेकर्ड छ र ?

राजनिति के का लागि त ? किन गर्दछन मान्छेहरु राजनिति ? आदर्श पालनाको लागि या ब्रम्हलुट मच्चाउनको लागि? के भन्छ राजनितिको आदर्श, सिद्दान्त र नैतिकताले ? समाज, देश र बिश्व बदल्न निस्केको ब्याक्ति आफै बदलिएपछि परिवर्तन कहाँबाट हुन्छ त ?

सरकार भन्छ, योग्य र क्षमतावान डाक्टरहरु बिदेशतिर पलायन हुनेक्रम बढ्दो छ । मेरो प्रतिक्रिया छ, महोदय यि योग्य र क्षमतावान डाक्टर तपाईँकै नजरमा असक्षम छन त बिदेश पलायन नभएर के गरुन त ? असल शाषनको गोरेटो र आदर्शको मूलढोका नै तपाईहरु पहिल्यै बन्द गरिदिनुहुन्छ त बाँकी जमात के गरोस त ? राज्यका महत्वपूर्ण र जिम्मेवार पदमा आसिन नेताहरुको सामान्य भन्दा सामान्य बिरामीको लागि यो देशका योग्य, क्षमतावान डाक्टर र अस्पतालहरु निकम्मा साबित हुन्छन भने यि उत्पादित दक्ष डाक्टरहरुको पनि त मनोवल खस्किएको हुन्छ ।

असलशासनको शुरुवात नै तपाईँ आफै बिगार्दै हुनुहुन्छ भने बाँकी गोरेटाहरु कसोरि सहज हुन सक्छ र ? आजै देखि तपाईँ आफ्नो असल र जिम्मेवारपूर्ण ब्यबहार अबलम्बन गर्नुहोस त बाँकी जमातले कसोरि फ्लोअप गर्दैनन तपाईँको आदर्शलाई ? त्यसकारण समस्या तपाईँमै छ र निराकरण पनि तपाईँसमक्ष नै छ । बस, मन हुनुपर्यो आजैदेखि शुशासन प्रारम्भ गर्नको लागि ।

अन्त्यमा,
हिन्दी फिल्म “नायक”मा अनिल कपूरको यौटा डायलग छ– “साला सवका सव चोर है”
साला, कमसेकम कोहि त ‘चोर’को पदवीवाट मुक्त हौ नेताहरु !

साथमा यो यो पनि पढ्नुहोस –  आखिर कसको खुनपसिना पिएर नेताले विमान चार्टर्ड गर्ने हैशियत बनाए?

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८