ब्रेकिङ न्युज:

धन बहादुरको धन !!!

जागरणपोस्ट १० फाल्गुन २०७७, सोमबार १४:५६

आज देवघाटमा मलामी जाँदा चिया पसलमा एकछिन थकाइ मार्दै बसिरहेको बेला एकजना बृद्धअबश्थाको बुबालाई दुईजना महिलाले डोराउँदै ल्याएर चिया पिउन अल्लो पल्लो टेबुलमा बसे। एकैछिनको भलाकुसरी पछी थाहा भयो बृद्धअबश्थाको बुबालाई गुम्बामा दर्शनको लागि लिएर आएको लामाहरु भेटिएन अब घरमा फर्किन लागेको भन्दै हुनुहुन्थ्यो मैले उहाँ हरुको परिचय खोजें बृद्धअबश्थाको बुबा धन बहादुर तामाङ रहेछ चितवन पार्वतीपुर,बिजय चोकको अर्को उहाँकि बुहारी मीना कुमारी तामाङ र छोरी गोरी तामाङ रहिछन्।

कुरा चल्दै जाँदा थाहा भयो बुडो ससुरो विगत १२ बर्ष देखि क्रीस्चियन धर्म अंगालेको रहेछ त्यसैले बुबालाई देवघाट स्थित गुम्बा दर्शन गराउने लामाहरु लाई भेटाएर बुद्ध धर्मको ज्ञानहरु सुनाउन पाए न बुबाको मन परिवर्तन हुन्थ्यो की भनेर फकाउँदै फकाउँदै छोरी बुहारी मिलेर लिएर आएको रहेछ, गुम्बामा लामा नभेटेपछि गुम्बा दर्शन गरेर फर्किंदा चिया पिउन पसेकी रहिछन्।

ती छोरी बुहारीको बुवा प्रतिको महान सत्कर्म र श्रद्धाभाव देखेर म द्रवीभूत भएँ ! बुवा ससुराको हर इच्छा पुरा गरिदिन छोराबुहारीले भर्खरै हवाईजहाज पनि चढाएर घुमाएछ, अहिले जीवनको अन्तिम घडीमा आफ्नै स्वधर्ममा ससुरा बुबा फर्के हुने थियो भन्ने चहानाले बुबालाई तिर्थ स्थलतिर डोराउँदै लिएर आएकि रहिछन् !

बुबाले मर्नेबेला मलाई चाहिन्छ भनेर भर्खरै ३० हजार लगेर चर्च घरमा दिएछ त्योभन्दा अगाडि देखि चर्च घरमा दशंसा भेटी त महिनावारी बुझाउँदै गर्ने रहेछ तर छोरा बुहारीलाई त्यसरी बुबाले पैसा दिएकोमा कुनै गुनासो रहेन छ बुबाको सम्पत्ति बुबाकै मर्जी जहाँसुकै खर्च गरोस् भन्ने रहेछ, तर गुनासो मात्रै यति रहेछ की मर्ने बेला आफ्नै धर्ममा फर्के हुने थियो भन्ने मात्रै छोराछोरी बुहारीको अपेक्षा रहेछ त्यही भएर मठमन्दिर गुम्बामा घुमाउदै रहेछ।

पेशेवर ड्रग्स व्यापारीले युवाहरूलाई एकचोटि लेउ त ब्रो ! कस्तो मजा आउँछ स्वर्गीय आनन्द आउँछ भनेर सित्तैमा लागुऔसध खुवाउने गर्छ जब सित्तैमा पाएको चिज भन्दै लिउन त भन्दै एकदिन दुई दिन गर्दै गएर बिस्तारै अन्तम लत “drug addict” भएपछि त्यसले आफ्नो ‘लत’ मेट्न झिटी झ्याम्टो सबै बेचेर खुरुखुरु किन्न थाल्छ ठिक त्यस्तै हो इसाई मिसनरी भनेको !
पहिला निशुल्क रोगीको उपचार निशुल्क शिक्षा निशुल्क बालबालिका स्याहारसुसार केन्द्र जस्तो सामाजिक कार्य देखाएर आउँछ त्यहीँ मार्फत बिस्तारै इसाई बनाउँदै लगेर अन्तमा प्रभुको स्वर्गमा पुग्न आम्दानीको दशंसा भेटी भन्दै असुल्न थाल्छ ! ‘लत’ बसिसके पछी प्रभुको स्वर्ग पुग्ने ‘लत’ मा आम्दानीको १० प्रतिशत (दशंसा भन्छन् बाइबलमा) प्रभुको वचन अनुसार तिर्दै जान्छन त्यसपछि तिर तिर भनिरहनै पर्दैन स्वर्गको ढोका खोल्न भन्दै खुरुखुरु बाइबलको बचन अनुसार तिर्दै जान्छ !
नेपालमा यो २० बर्ष भित्र मात्रै बिस्तार भएको २० हजार भन्दा बढी चर्च घर बाट यस्ता सोझा सिधा धन बहादुरहरु जस्ता बाट कति करोड रकम संकलन हुन्छ होला ? कुनै लेखाजोखा छैन !

यहीँबाट अनुमान लगाउनुस १७ औं शताब्दी तिर सेवाको नाउँमा अफ्रिकामा घुसेर लगानी लगाएर इसाई बनाएको अफ़्रिकिहरु बाट अहिले अरबौं डलर दशंसा भेटी भ्याटेकिन सिटीमा पुग्ने गर्छ १ हिजो गोराहरुको पुर्खाले १७ औं शताब्दीमा लगानी लगाएर अहिले २१ औं शताब्दीमा तिनका सन्तानले रोममा बसिबसी ब्याज सहित असुली रहेकोे छ !

ठिक त्यही हो नेपालमा पनि अहिले २१ औं शताब्दीमा करोडौं डलर सित्तैमा हामीलाई सेवा गर्न खर्च गर्दै छ यही गरेको खर्चको प्रभाव बाट जब हामी २२ औं शताब्दी तिर पुरै नेपाली इसाई हुन्छौं त्यतिबेला २१ औं शताब्दीमा गरेको खर्च २२ औं शताब्दीमा हाम्रो सन्ततीहरु बाट साहुँ ब्याज सहित असुल्ने छ जस्ट अफ्रिका !!

इसाईको दानापानी खाएर जातजातिको नाउँमा साम्प्रदायिक संगठन खोलेर जिविकापार्जन गर्नेहरु यस्तो बिषयमा बोल्दैनन् ! यसरी ब्रेण्ड वास गरेर लाखौं सर्वसाधारण धन बहादुर तामाङहरु जस्ता बाट करोडौं रकम शोषण भैरहेको बारेमा बोल्दैनन किनकि दानापानी त्यहीँबाट आइरहेको हुन्छ मालिकको करामत बारेमा बोलेर भुँडीमा लात मार्नु पनि त भएन !
तिनीहरुलाई मालिकले बोल्न दिएको जिम्मा हो हिन्दुको बारेमा मात्रै बोल ! जतासुकै बाट होस् हिन्दुको बिरोध गर ! जुन उनीहरुले साँझ बिहान् रिट्ठो नबिराई बिहान् उठ्ने बितिक्कै हिन्दुकरण/ब्राह्मणवाद/एकात्मकवादी/सामन्ती/ जस्ता शब्द नुनको सोझो गर्दै जपि रहन्छ !!

– मोहन लामा रुम्बा

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४