यसवर्ष पनिपनिकाको लापर्वाही, धादिङका ८ विद्यार्थीको भविष्यमाथी खेलवाड

Bijay Gyawali १५ असार २०७६, आईतवार ०६:४८

एसईई परीक्षाफल प्रकाशित भएपछि नतिजा हेर्दै गरेकी अम्बिका थापा झसङ्ग भइन् । उनले परीक्षा नै नदिएको तीन वटा विषयमा परीक्षाफल प्रकाशित नभएको उल्लेख गरिएको थियो । 
परीक्षा नियन्त्रण कार्यालयमा पठाइएका फारमहरुमा कुनै गल्ती नगरेकाे र विद्यालयमा नै नभएको र आफूले पनि नपढेको विषयमा अनुपस्थित भनेर आएपछि उनी आक्रोशित बनेकी छिन् । 
परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीका कारण धादिङको गल्छी गाउँपालिका-८ मा रहेको गोगनपानी माध्यमिक विद्यालयकाका आठ जना विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । दुई जना विद्यार्थीको जन्ममितिमा गडबडी भएको भनिएको छ भने छ जना विद्यार्थीको शंका पनि नगरेको विषयको परीक्षामा अनुपस्थित भएको देखाइएको छ ।
एसईईको परीक्षाफल हेरेपछि सिम्बोल नम्बर २६४७८७ की अम्बिका थापाले आफू अचम्ममा परेको बताइन् । अनिवार्य विज्ञानको परीक्षा दिएकी थापाको त्यो स्थानमा ग्रामर र ट्रान्सलेशन, जनसंख्या स्वास्थ्यको स्थानमा संस्कृति भाषा, ऐच्छिक प्रथम अर्थशास्त्रको स्थानमा अङ्ग्रेजी लेखिएर आयो ।
उल्लेखित विषयमा उनले परीक्षा नै नदिएको देखाइएको छ । परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीले गर्दा नै परीक्षामा थापाले दिएको विषय नभएको गोगनपानी माविका प्रधानाध्यापक रामहरी थापाले बताउनुभयो ।
अम्बिका थापा मात्र होइन दिया पन्तले प्रवेश पत्रमा समेत नभएको कर्मकाण्ड, पार्वती श्रेष्ठको ग्रामर एण्ड ट्रान्सलेशन, सन्ध्या रोक्काको ग्रामर एण्ड ट्रान्सलेशन र संस्कृत भाषा, शोभा श्रेष्ठको संस्कृत भाषा र लाइट, ग्रामर एण्ड ट्रान्सलेशन फलित ज्योतिष र उषा लामा संस्कृत भााषामा परिक्षामा अनुपस्थित भएको उल्लेख गरी परीक्षाफल प्रकाशित भएको छ । 
परीक्षामा राम्रो अंक ल्याउने भनिएका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीले परीक्षाफल नआएपछि उनीहरुको भविष्यको बारेमा चिन्ता बढेको प्रधानाध्यापक थापाले बताउनुभयो । 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८