ब्रेकिङ न्युज:

प्रधानमन्त्री ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ : उपप्रधानमन्त्री पोख्रेल

जागरणपोस्ट १० फाल्गुन २०७७, सोमबार २०:५५

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा उनले तोकिएको समयमा निर्वाचन हुने स्पष्ट पारे । आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।

नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उनले सबै कार्यकर्तालाई पुराना अन्तरविरोध त्यागेर निर्वाचनमा जुट्न आग्रह गरेका हुन् । उनले भने, “औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छाडेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ ।” पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उनले बताए ।

पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद हो ।”

पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको उनले बताए । आजको परिणामको कारण पार्टी एकता हुँदाको समयमा रहेको विषाक्त भ्रूणको हो उनले भने । प्रधानमन्त्रीविरुद्ध अयोग्य भनेर अभियोग पत्र ल्याएपछि विग्रहको बाटोमा लागेका कारण यो समस्या आएको उनले बताए ।

राजनैतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उहाँले अहिले एकताको जस्तो आकर्षण हराएको बताए । तीन वर्षको समयमा पार्टीको क्रियाशीलता नभएको भन्दै उनले अबको पार्टीका कार्यकर्ताहरु जिम्मेवारी बन्ने समय आएको जिकिर गरे ।

सो अवसरमा ५९९ जनाको समिति घोषणा गर्दै शपथग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४