ब्रेकिङ न्युज:

चितुवाको छालासहित तीनजना पक्राउ

जागरणपोस्ट १० फाल्गुन २०७७, सोमबार १९:४१

नेपालगञ्ज :  बाँकेको कसुमबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका—३ का जीतबहादुर डिसी, कुमाख गाउँपालिका—७ का कमल डिसी र हिमेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अवैधरुपमा ओसारपोसार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेको थियो । कुसुमस्थित सडकखण्डमा शङ्कास्पदरुपमा हिँडिरहेका व्यक्तिहरुलाई आज खानतलासी गर्ने क्रममा चितुवाको छालासहितको झोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खानतलासीका क्रममा जीतबहादुरले बोकेको कालो रङ्गको झोलाभित्र दुई थान चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक रानाले बताए । पक्राउ परेकाहरु वन्यजन्तुका छाला तथा अङ्ग खरीद बिक्री गर्ने कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको  भनाइ छ ।उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनीहरुलाई रु एक लाखदेखि रु २५ लाखसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४