ब्रेकिङ न्युज:

नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा कसरी आयो होटेल बनाउने प्रस्ताव !

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार ०७:१६

नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्को बहस र चर्चा हुन थालेको छ । हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोधसमेत गरेका हुन् ।

नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेको बताइएको छ । पर्यटन बोर्डको यो प्रस्तावसँगै पाल्पाली समुदायले यसको विरोध जनाएका हुन् ।उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।

तत्कालीन पाल्पा गौडाका तैनाथवाला खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि विसं १९५४ मा रानीमहल निर्माण गराएका हुन् । पहिले यो पुरातत्व विभागको अधीनमा रहेकोमा विभागले २०७५ साउनमा रानीमहल व्यवस्थापन र संरक्षणका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

महत्वपूर्ण कलाकृति र भव्यताका साथै इतिहाससँग साक्षात्कारसमेत गर्न सकिने यो सम्पदा यसरी अन्य प्रयोजनका लागि र व्यावसायिक बनाइँदा यसको महत्वमाथि नै प्रश्नचिह्न खडा हुने पाल्पालीको भनाइ छ । –नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४