काठमाडौँ : आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन हो ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।
त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।
अघिल्लो वर्ष ६९ औँ जन्मदिन मनाउन तामझामसाथ हेलिकप्टर चढेर तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री केपी ओलीले ‘नेपाल’को नक्सा काटेर उत्सव मनाएका थिए । उनले नेपालको नक्सा काटेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।
उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।