ब्रेकिङ न्युज:

प्रधानमन्त्रीको आह्वानमा आज सुरक्षा परिषदको बैठक बस्दै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार ०९:३४

काठमाडौँ : आज सुरक्षा परिषदको बैठक बस्दैछ। परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । बैठक बिहान  सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने गरि बोलाइएको छ ।

बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने बताइएको छ ।

कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको अनुमान पनि गरिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने पनि तयारी छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४