ग्यास्ट्रिक पेटको भित्री भागमा हुने जलन वा दुखाई हो । यो अचानक हुनसक्छ र एक देखि तिन दिन सम्म रहन सक्छ । कहिले काही ग्यास्ट्रिक एक हप्ता सम्म लम्बिन सक्छ र एकदम दुखाईपुर्ण हुन्छ । नेपालका अधिकांश मानिस ग्यास्ट्रिक बाट ग्रसित छन् । बिभिन्न रोग र खानपिन नमिल्नाले नेपालमा ग्यास्ट्रकका रोगिहरु प्रत्येक वर्ष बढिरहेका छन् ।
के तपाइ पनि ग्यास्ट्रिक बाट ग्रसित हुनुहुन्छ तरु अनेक औषधीहरु प्रयोग गरेर पनि ग्यास्ट्रिक को पिडा बाट छुटकारा पाउन सक्नु भएको छैनरु यदि तेस्तो समस्या छ भने तुरुन्त यि ५ घरेलु उपचार अपनाउनुहोस् । तपाई एक हप्तामा ग्यास्ट्रिकको समस्याबाट मुक्त हुनुहुनेछ !
ग्यास्ट्रिकका ५ उत्कृष्ट घरेलु उपचारहरुः
नरिवल पानीः
नरिवल पानी पिउनाले ग्यास्ट्रिकको पिडालाई कम गर्छ। नरिवल पानीमा फाइवरको मात्रा बढि हुन्छ, जस्ले पाचन प्रकृयालाई मध्दत गर्छ र पेटमा एसिडिटि हुन दिदैन। नरिवल पानीले पेटको भित्री भागलाई चिसो पार्दछ र पेटको पोलाईलाई कम गर्दछ।
चिसो पानी र दुई चम्चा चिनिः
एक गिलास बरफ चिसो पानीमा दुई चम्चा चिनि मिसाएर राम्रो संग घोल्नुहोस र पिउनुहोस । यदि जरुरि परेमा दोहोर्याउनुहोस । यो ग्यास्ट्रिकको दुखाई कम गर्ने उत्तम उपाय हो । एक गिलास बरफ चिसो पानीले शरिरको तरलतालाई सन्तुलित राख्ने काम गर्दछ । त्यसैले एक गिलास चिसो पानी पिएर हल्का हिड्दा ग्यास्ट्रिक कम हुन्छ ।
मेवाः
मेवा पनि ग्यास्ट्रिकको लागि अमृत सरह काम गर्छ । पेटको पोलाई मेटाउन काचो मेवा खानु उत्तम हुन्छ । काचो मेवामा २-३ थोपा कागतिको रस मिसाएमा अझ राम्रो संग ग्यास्ट्रिकको निवारण हुन्छ ।
अदुवाः
अदुवा ग्यास्ट्रिकको निवारण लागि एकदम उत्तम हुन्छ। विभिन्न गुण हुने अदुवामा ब्याक्टेरिया बिरोधि र पोल्न नदिने तत्व हुन्छ । यसले पेटको भित्री भागमा हुने जलनलाई कम गर्छ । थोरै अदुवालाई पानीमा उमाल्नुहोस र बिरिनुन मिसाएर पिउनिहोस। तपाईको दुखाईलाई तुरुन्त कम गर्नेछ ।
बन्दाको जुस:
बन्दामा भिटामिन ‘U’ हुन्छ जसले अल्सर लाई निको पार्दछ । भिटामिन ग् ले पेटको भित्रि भागमा हुने जलनलाई हटाउछ र केहि दिनमै ग्यास्ट्रिकबाट छुटकारा दिलाउछ । तपाईले बन्दालाई सानो टुक्रा पारेर मिक्सरमा जुस बनाउनुहोस र पिउनुहोस । २-४ दिनमै तपाई पेटको समस्याबाट मुक्त हुनुहुनेछ ।