ब्रेकिङ न्युज:

कविडाँडा साहित्य समाजद्वारा १० स्रष्टा सम्मानित

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १०:१९

स्थापनको १८ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कविडाँडा साहित्य समाज चितवनले स्रष्टा सम्मान र कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ।

सौराहस्थिति होटल जङ्गल सफारी लजमा आयोजित कार्यक्रममा देशभरिका महत्त्वपूर्ण साहित्यकारहरूको उपस्थिति थियो । वरिष्ठ कवि तुलसी दिवको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कायक्रमको अध्यक्षता कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्री लेे गर्नुुुभएको थियो।

 

स्रष्टाहरु कुन्ता शर्मा र गोपाल पराजुलीलाई नगदसहित कविडाँडा राष्ट्रिय साहित्य सम्मान गरिएको थियो । त्यसैगरी देवखीना स्मृति पुरस्कार कवि तथा निबन्धकार गायत्री श्रेष्ठलाई, अविनाशी उत्कृष्ट पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई तथा उत्कृष्ट आख्यान पुरस्कार ‘परित्यत्ता’ उपन्यासका लागि भुवन ढुङ्गानालाई प्रदान गरियो । समारोहमा, देवखीना साहित्य पुरस्कारका संस्थापक, मीना लामिछाने ट्रस्टका अध्यक्ष मीना लामिछानेको उपस्थिति थियो । कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारीले समाजको पूर्वकार्यको विवरणसहित परिचयात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने सचिव गणेश श्रमणले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

  • यसै समारोहमा, कविडाँडाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगताको पनि नतिजा घोषित गरियो । कविहरू दिनेश अधिकारी, भूपिन र महेश पौड्याल सदस्य रहेको निर्णायक मण्डलको निचोडअनुसार तेह्रथुमका कवि आरपी गाउँले प्रथम, झापाका कवि निरज दाहाल द्वितीय तथा बाग्लुङकी अस्मिता पौडेल तृतीय हुनुभएको छ। कार्यक्रममा उक्त प्रतियोगिताका उत्कृष्ट दश कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो।

वरिष्ठ साहित्यकार एल बि क्षेत्रीको पछिल्लो लेख पढ्नुहोस् – 

‘मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस वाल´

मानव विकाशको इतिहास भन्छ – मान्छे एउटा घुमन्ते प्राणि हो। ऊ जमीन भएर घुम्छ, जङ्गल भएर घुम्छ, समुन्द्र भएर घुम्छ साथै आकाश भएर पनि घुम्छ। ऊ घुमीरहन्छ । यस्तै संसार घुम्नमा रमाउने एउटा नेपाली व्यक्तित्व हुनुहुन्छ जीवा लामिछाने। उहाँको आफ्नो घुमन्ते बानि त छदै छ साथै संयोगले पनि साथ् दिइ रहेको हुन्छ उहाँलाई । यो उहाँको आफ्नै स्वीकारोक्ति हो । घुमन्ते बानिसँगै उहाँले आफू पुगेको ठाउँको स्मृति विवरण आफ्नो डाईरीमा लेख्ने बानि पनि विकाश गर्नु भएकोछ र समय अन्तरालमा आफ्ना अनुभव र अनुभूतिलाई पुस्तकको आकार दिनु हुन्छ। ‘सरसर्ती संसार’ र ‘देश देशावर’ दुई प्रत्यक्ष उदाहरण हुन् ।

विश्वमा घुम्नु पर्ने देश र ठाउँ निकै धेरै छन् जसमा जर्मनी पनि एक हो र जर्मनीको बर्लिन त ‘अवश्य’ मा पर्नु पर्छ। शाषकहरू मरेर जान्छन तर देश बाँचीरहन्छ किनकी उसले आफ्नो छातीमा सुखद दुखद सबै इतिहास ढाकेर बसेको हुन्छ। जर्मनी दोश्रो विश्वयुद्धको इतिहास र त्रासदीपूर्ण मानव नरसंहारको रेखांकनको च्यादर ओढेर बसेको छ र प्रत्येक भ्रमणमा पर्यटकहरू तान्न खोज्छन त्यो च्यादर।

‘देश देशावर’ भित्ररहेका बीस संस्मरणमध्ये ‘मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस वाल” पढ्दै गर्दा म स्वयं आफ्नै स्मृतिको छोटो पोखरीमा पौडी खेल्न थाल्छु । सन् २०११ मा युरोपका केही देशहरूको भ्रमणको क्रममा जर्मनीको भुमिमा मैलेपनि टेकेको थिएँ तर अफसोस ! जो फ्र्यांकफर्ट र बर्लिन पुगेन उसले के पो हेर्यो जर्मनीमा ? मेरो यो उत्कट इच्छा पुरा भयो सन् २०१५ मा त्यो पनि जीवा भाईकै अनुकम्पाले । तर यो प्रसङ्ग अर्कै लेखमा छ। यहाँ त ‘मिस्टर गोर्बाचोभ ! टियर डाउन दिस वाल’ बारे भन्दै छु । फेरी पनि यहाँ जोड्नु पर्छ सरुभक्त, श्रीओम रोदन र म तीनै जना अनेसास बेल्जियमको कार्यक्रममा पुगेको बेला हामी तीनै जनाले उहाँकै अनुकम्पामा फ्र्यांकफर्ट र बर्लिन घुम्ने अवसर पाएका थियौं । साथै यो पनि भन्न म छुटाउन चाहन्न कि मेरो दोस्रो पटकको भ्रमणमा पनि बर्लिन त म पुगेको मात्र रहेछु र केहि फोटो खिचेर फर्केको रहेछु । कथा, इतिहास, घटनाक्रमको वर्णन विवरण त विस्तारमा छ ‘देश देशावर’को जीवा लामिछानीको यस निबन्धमा । यसर्थ, पढ्दा निकै आनन्द आयो यो अध्याय । लाग्यो सन् २०२० को डिसेम्बरमा म पुनः बर्लिन शहरमा घुम्दै छु, चार्ली चोक, वाइमर सहर र हेर्दै छु त्यो भत्किएको वालका डामहरू र बुखेनभाल्ड बन्दीगृह । जीवा भाई हामीसंगै हुनुहुन्छ गाईड झैँ र भन्दै हुनु हुन्छ “नाम बन्दीगृह भए पनि त्यो खासमा यातनागृह थियो । क्रूर इतिहासको साक्षी बनेको बन्दीगृह अहिले म्युजियममा परिणित भएको छ । तर पनि त्यहाँभित्र छिर्दा भित्ताहरूबाट चित्कार प्रतिध्वनित भइरहेझैँ भान हुन्छ ।” (पृष्ठ १५५)

 

विस्तृतमा  www.jagaranpost.com  मा लगइन गर्नुहोला।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१