ब्रेकिङ न्युज:

अब एन्ड्रोइड प्रयोगकर्ताले युट्युबमा फोर के भिडियो हेर्न पाउने

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १०:५३

एजेन्सी : अब एन्ड्रोइड प्रयोगकर्ताले पनि फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउने भएका छन् । गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ ।

यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र भिडियो हेर्न सक्दथे ।

अब युट्युबमा अपलोड भएका २१६० पिक्सेल अर्थात् फोर के रिजोलुसनका भिडियोलाई युट्युबका दर्शकले एन्ड्रोइड फोनमा समेत सोही रिजोलुसनमा हेर्न पाउनेछन् । आफ्नो एन्ड्रोइडको युट्युब एपमा रिजोलुसनलाई अधिकतम बनाउनका लागि युट्युब एपमा भिडियो खोलेर माथिल्लो भागमा रहेको तीनवटा थोप्लावाला मेन्यूमा ट्याप गर्ने र त्यहाँको प्लेब्याक अप्सनमा गई अधिकतम रिजोलुसन छनोट गर्नुपर्दछ ।

त्यसअघि तपाईंले गुगल प्लेमा गएर आफ्नो युट्युब एप अपडेट गरेर फोर के एचडीआर प्लेब्याक सपोर्ट प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४