ब्रेकिङ न्युज:

कोरोनाका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलीस्वरुप अमेरिकामा पाँच दिनको शोक

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार ११:२२

एजेन्सी : अमेरिकामा कोभिड–१८ का कारण ज्यान गुमाउनेहरुको संख्या पाँच लाख भन्दा बढी पुगेपछि राष्ट्रपति जो बाइडेनले देशका नाममा सम्बोधन गरेका छन् । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी निधन अमेरिकामै भएको छ ।

राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्–‘एउटा देशको रुपमा हामी यस्तो क्रूर भाग्यलाई स्वीकार्न सक्दैनौं ।’ ह्वाइट हाउस बाहिर मैनबत्ती बालेर मृत मानिसहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै राष्ट्रपति तथा उप–राष्ट्रपति आ–आफ्ना जीवनसाथीहरुसंग केही समय मौन धारण गरे । अमेरिकामा अहिलेसम्म २ हजार ८१ लाखभन्दा बढी अमेरिकी कोरोना संक्रमणको चपेटामा आइसकेका छन्, जुन अर्को विश्व रेकर्ड हो ।

राष्ट्रपति बाइडेनले अमेरिकीहरुलाई कोभिडविरुद्ध लड्नका लागि आह्वान गर्दै भने–‘आज म सबै अमेरिकीहरुलाई ती सबैलाई स्मरण गर्न आग्रह गर्दछु, जसलाई हामीले गुमाएका छौं, जसलाई हामीले पछाडि छाडेका छौं ।’

राष्ट्रपतिले आगामी पाँच दिनका लागि सरकारी भवनहरुमा सबै राष्ट्रिय ध्वजा आधा झुकाउने आदेश दिएका छन् । ह्वाइट हाउसमा आफ्नो भाषणको शुरुवातमा उनले भने दुई वटा विश्व युद्ध र भियतनाम युद्ध मिलाएर अमेरिकीहरुको त्यति मृत्यु भएको थिएन, जति कोभिडका कारण भएको छ भन्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४