काठमाण्डौ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पतालमा भर्ना भएका छन् ।
भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने पाण्डेले बताएका छन् । भट्टराई उपचारका लागि आइतबार दिल्ली पुगेका थिए ।