ब्रेकिङ न्युज:

फेसबुकद्वारा अष्ट्रेलियाका प्रयोगकर्तामाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार ११:४४

एजेन्सी : फेसबुकले आफ्ना अष्ट्रेलियाका प्रयोगकर्तामाथि समाचार सामग्रीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा गरेको छ । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको थियो ।
अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ । यता फेसबुकले भने आफ्नो समाचारको रिच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।

अष्ट्रेलियाका वित्तिय मन्त्री जोस फ्राइडेनबर्गले केही दिनमा फेसबुकले ती पेजहरु खोल्न अनुमति दिने बताएका छन् । मंगलबार प्रकाशित एक वक्तव्यमा कानुनमा केही परिवर्तन ल्याइने जानकारी दिए ।

फेसबुकले पनि मंगलबार अष्ट्रेलियाको सरकारसँगको पछिल्लो छलफलमा आश्वासन मिलेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४