प्रदेश २ को सामाजिक विकास मन्त्रालयले असारमै खर्च गर्न आठ जिल्लामा करिब ८४ करोड रुपैयाँ बजेट पठाएको छ।
गत जेठ २८ मा मन्त्रालयले प्रदेश सरकार मातहतका पूर्वाधार कार्यालयहरुमा बजेट खर्चिने अख्तियारी पठाएको समाचार कान्तिपुर दैनिकमा छ। पर्सा, रौतहट, धनुषा र सिरहामा रहेका पूर्वाधानर कार्यालयले आठ वटा जिल्ला हेर्छन्।
पूर्वाधार विकास कार्यालय धनुषालाई ३२ करोड ५१ लाख रुपैयाँ, पूर्वाधार विकास कार्यालय रौतहटलाई २४ करोड, पूर्वाधार विकास कार्यालय सिरहलाई १६ करोड ५७ लाख र पूर्वाधार विकास कार्यालय पर्सालाई १० करोड ५५ लाख रुपैयाँ बजेट पठाएको छ।