ब्रेकिङ न्युज:

पूर्व पत्नीलाई घरायसी कामवापत झण्डै ८ हजार अमेरिकी डलर

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १४:४८

एजेन्सी : चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायसी काम लगाएवापत क्षतिपूर्ति स्वरुप झण्डै ८ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।

पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् ।
यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् ।

पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताएका थिए । उनका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दाबी छ । अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब ८ हजार डलर तिर्नुपर्ने आदेश दिएको छ ।

स्थानीय संचार माध्यमले वाङले अदालतको आदेश विरुद्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचारविमर्श भएको छ ।

चीनको ट्वीटर जस्तै मानिने सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मुद्दामाथि बहस गरेको पाइएको छ । टिप्पणी गर्नेहरुले महिलामाथि शोषण भइरहेको भन्दै आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४