ब्रेकिङ न्युज:

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला भएको भन्दै बुटवलमा विजयी र्याली

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १५:०४

रुपन्देही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहा–नेपाल समुहले बुटवलमा विजयी र्याली निकालेको छ । सर्वाेच्च आदालले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको भन्दै बुटवलको राजमार्ग चौराहदेखि सुरु भएको र्याली नगर परिक्रमा गर्दै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरुले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । प्रधानमन्त्री केशी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर गरिएको थियो ।

सर्वोच्चको संवैधानिक इजलासले सो निर्णयलाई बदर गर्दै मंगलबार संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको हो । संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४