ब्रेकिङ न्युज:

पशुपतिमा १ अर्व ८ करोडको सुनको जलहरी राखियो

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १७:०७

काठमाडौं :  पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको क्षमापूजा गरेपछि जलहरी राखिएको हो

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि बुधबार पशुपति पुगेकी थिईन् । राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिए ।

जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा समेत गरिएको थियो । पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राखिएको हो । जलहरी राखिएपछि कालिगढ, सुरक्षाकर्मीलगायतलाई सम्मान गरिएको थियो ।

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता भइसकेको छ ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४