ब्रेकिङ न्युज:

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट फागुन २२ गतेबाट

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १८:११

काठमाडौं : काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले सञ्चालन गर्ने काठमाडौं मेयर कप, २०७७ फाल्गुन २२ देखि हुने भएको छ ।

प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आगामी फाल्गुन २२ देखि २९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने छन् । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश सँगै काठमाडौं महानगरपालिकाको टिम पनि सहभागी हुनेछ ।

महानगरको टोली प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर तयार हुनेछ । टोलीहरुले सिंगल राउन्ड रोबिनमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४