ब्रेकिङ न्युज:

दुई वर्षभित्र इटहरीका ग्रामीण मूलबाटो कालोपत्र गरिने

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १९:३२

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले आगामी दुई वर्षभित्र नगरका सम्पूर्ण ग्रामीण क्षेत्रका मूलबाटो कालोपत्र गर्ने कार्य सम्पन्न हुने बताएका छन् ।

इटहरी–४ को वडा कार्यालय भवनको आज शिल्यान्यास गर्दै उनले बहुवर्षीय सडक योजनाअन्तर्गत गाउँका मूलबाटो पाँच वटा कालोपत्र भइसकेका र अन्य योजनामा काम भइरहेको जानकारी दिए । प्रमुख चौधरीले ग्रामीण जनतालाई उपमहानगरवासी भएको अनुभूति गराउन बाटो निर्माण कार्यलाई तीव्रता दिएको बताउँदै सत्तारुढ नेकपामा देखिएको विग्रहले नगरको विकासमा कुनै प्रभाव नपार्ने धारणा राखे ।

उपप्रमुख लक्ष्मी गौतमले नगरमा हुने विकास निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै नगरवासीलाई आफ्नै भवनबाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको जानकारी गराए ।

उक्त वडा कार्यालय भवन रु ८६ लाख ४४ हजार ४४४ को लागतमा निर्माण हुनेछ । वडाध्यक्ष चन्द्र भट्टराई र उपमहानगरका इञ्जिनीयर जीवन घिमिरेले नगरका आठ वटा वडा कार्यालयको निर्माण सम्पन्न भइसकेको छ भने यस आर्थिक वर्षमा आठ वटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । चार वटा वडा कार्यालय भवनको आगामी आर्थिक वर्षमा निर्माण गरिने नगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४